पढ्न करिब 1 मिनेट लाग्छ

प्रकाश बम | चैत ३, डोटी | प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने घटना न्यूनिकरणका लागि सामाजिक चेतनामा विकास हुनुपर्नेमा जोड दिनु भएको छ ।

बैतडीको पाटनमा आज आयोजित ‘महिला हिंसा न्यूनिकरणमा प्रदेश सरकारको भूमिका’ विषयक टेलिभिजन कार्यक्रम समकोणमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार हिंसाका घटना न्यूनिकरण गर्न प्रतिवद्ध रहेको उहाका पे्रस सहयोगि लोकेश अधिकारीले बताउनुभयो । हिंसा न्यूनिकरणका लागि कानूनको कडाइका साथ पालना गरिने उहाँले बताउनु भयो ।

मुख्यमन्त्री भट्टलाई बैतडीस्थित निजामति कर्मचारीले स्वागत गरेका छन् । संघीयताको जग मजबुत बनाउने प्रमुख दायित्व कर्मचारीको भएको बताउँदै मुख्यमन्त्री भट्टले आफ्नो कर्तव्य पूरा गर्न दत्तचित्त भएर लाग्न निर्देशन समेत दिनु भएको छ ।

जनताको सेवामा जनप्रतिनिधि र कर्मचारीले लाग्नुपर्ने भन्दै जसले राम्रो काम गरेर देखायो त्यस्तालाई पुरस्कृत र गलतलाई दण्डित गरिने बताउनुभयो ।