जातिय भेदभाव तथा छुवाछुत अन्त्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जातिय भेदभाव तथा छुवाछुत अन्त्यक"/>

2026-10-14 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अन्तराष्ट्रिय जातिय भेदभाव बिरुद्धको दिवस अछाममा पनी मनाईयो

कमल रावल/चैत ७, अछाम | ५३ औँ अन्तराष्ट्रिय जातिय भेदभाव बिरुद्धको दिवस अछाम जिल्लामा पनी विभिन्न कार्यक्रमका साथ मनाईएको छ ।

जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागि सबैँ जुटौँ कोही नछुटौँ भन्ने नाराका साथ सदरमुकाम मंगलसेनमा  र्यालीसहित मञ्चको कार्यक्रमको गरिएको थियो ।

 मंगलसेनको पिपलचौतारा, खुल्ला मञ्च, जिल्ला समन्वय समितीको प्रागण हुदै मंगलसेन नगरपालिकाको प्रागणमा कार्यक्रम गरिएको थियो । जायित छुवाछुत अन्त्य गरौँ, ५३ औँ अन्तराष्ट्रिय जातिय भेदभाव बिरुद्धको दिवस सफल पारौँ भन्ने नारा सहितका पेलेकार्ण सहीत सबै राजिनितिज्ञ, दलित अधिकारको क्षेत्रमा काम गर्ने अगुवा, स्थानिय रयालिमा सहभागिता भएका थिए । दलित महिला संघ फेडे अछामका अध्यक्ष लक्ष्मी सोपको अध्यक्षतामा भएको कार्यक्रमका बक्ताहरुले जनप्रतिनीधी र सरकारी गैरसरकारी निकायबाट आजको दिनलाई अबहेलना गरिएको गुनासो गरेका थिए ।

 दलित दाजुभाईको दिवसलाई उनिहरुको मात्रै ठानेर कार्यक्रममा सहभागिता कमै मात्रामा भएको दुखेसो गरेका हुन । जिल्ला स्तरका सबै जनप्रतिनीधी, सरकारी गैरसरकारी निकायका प्रमुखलाई पत्राचार गरि दिवसमा सहभागि हुन अनुरोध गर्दा पनी न्युन मात्रामा बक्ताको सहभागिता देखिएकोमा दलित अधिकारकर्मिले गुनासो ब्यक्त गरेका हुन । विभिन्न कुसंस्कार बाट जगडीएको समाजलाई माथि उठाउन सबैले आफनो अधिकारका लागि लडुनु पर्ने बताएका थिए ।

 अगुवा दलितलाई मात्र अग्रसर गराएर अघि बढएमा दबेर तथा शोषणमा परेका समुदायको जिवनस्तर माथि उठ्न नसक्ने भएकाले तल्लो स्तरमा सम्म सबैको ध्यान जानु पर्नेमा सहभागिको जोड् रहेको थियो । जिल्ला समन्वय समिती अछामका सदस्य शिब तिरुवा प्रमुुख अतिथी रहनु भएको कार्यक्रममा दलित अगुवा भिम जनाला र अर्जुन ताम्राकार बिशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, नेपाली काग्रेसका दिनेश स्वार, नेकपा माओवादि केन्द्र आयोजक कमिटी सदस्य मोती कामि, जिल्ला बार ईकाई अछामका अध्यक्ष कृष्ण प्रसाद ढुगाना, नारी चेतना केन्द्र अछामका अध्यक्ष मना भण्डारी, मंगलसेन नगरपालिका वडा नम्बर ४ का वडा सदस्य भावना केसिले सुझाव सहीतको मन्तव्य राख्नु भएको थियो । 

जातिय भेदभाव बिरुद्धको दिवस दलित महिला सँघ फेडे अछाम, उत्पीडीत उत्थान तथा चेतना बिकास मञ्च, दलित सेवा सँघ च्ँक्न् कोकमलबजार नगरपालिमा पनी दिवस मनाईएको छ । दलित सेवा सँघका कार्यक्रम संयोजक प्रकाश ताम्राकार स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन डण्डी बिश्वकर्माले गर्नु भएको थियो । नगरपालिका स्तरिय दलित सञ्जालका अध्यक्ष कमल विकको अध्यक्षतामा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य नामसरा सुनार, लोकेन्द्र नेपाली, अपागको तर्फबाट खिन्त विक, नेपाल दलित सँघ जिल्ला सदस्य नवलसिह नेपाली लगाएतले मन्तव्य राख्नु भएको थियो । मिलन नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन मिन बहादुर सुनारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश