Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत ०७ गते, राति ९:४० बजे बैतडी - BTD, समाज

भान्सेमा दलितलाई राख्ने बैतडी प्रहरी प्रमुख शर्मा सम्मानीत

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु | चैत्र ७, बैतडी | ५३ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्मा लगायत तीन जनालाई सम्मान गरिएको छ । दलित महिला संघ, इन्सेक, मानव अधिकार एलाइन्स, राष्ट्रिय दलित नेटवर्क र दलित समाज विकास मञ्चलेले दलितलाई भान्से राखेर जातीय विभेद अन्त्य गर्न सरकारी स्तरबाट सुरुवात गर्ने शर्मा, पुर्व जिविस सभापती परमानन्द भट्ट र दलित अभियान्ता नरेस विकलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मन गरिएको हो ।

न्याय सम्पादन र दलित समुदायका उजुरीलाई प्राथमिकता दिएर निश्पक्ष छानबीन गरेको भन्दै बैतडी प्रहरी प्रमुख डिएसपी हेरम्ब शर्मालाई सम्मान गरिएको दलित महिला संघका जिल्ला अध्यक्ष सरस्वती नेपालीले बताए । कार्यक्रममा ग्रामीण भेगका महिलाहरुको उल्लेख्य सहभागिता रहको थियो । जिल्लाको दुर्गम गाउँपालिका पञ्चेश्वरबाट सहभागी नारायण सार्कीले बिद्यालयमा दिवा खाजा खुवाउँने क्रममा दलित बालबालिकामाथि जातीय विभेद हुने गरेको गुनासो गरे ।

दशरथ चन्द नगरपालिका वडा नं. ९ बाट सहभागी प्रेम दयालले मन्दिरका पूजारीबाट गाउँमा दलित माथि जातीय विभेद हुने गरेको गुनासो गर्नुभयो । सहभागीहरुको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले विभेदका त्यस्ता घटनाको तुरुन्तै उजुरी दिनुहोस् हामी कानुन अनुसार कारबाही गर्छौ भन्दै जातीय विभेद उन्मुलन गर्न प्रतिबद्धता जनाए ।

कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समाज र महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो  । कार्यक्रममा सहभागिहरुले हामी सबै जातीय विभेद उन्मुलन गर्न प्रतिबद्ध छौं भन्दै प्रतिबद्धता व्यानरमा हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

५३ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवकामा एमाले नेता परमानन्द भट्ट, नेपाली काँग्रेसका नेता तथा जिल्ला समन्वय समितिका सदस्य लालबहादुर चन्द, एमालेका नेता नरेश विश्वकर्मा, प्रहरी प्रमुख हेरम्ब शर्माले जातीय विभेद उन्मुलन गर्न प्रबिद्धता जनाउनुभएको थियो ।