२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

भान्सेमा दलितलाई राख्ने बैतडी प्रहरी प्रमुख शर्मा सम्मानीत

७ चैत्र २०७४, बुधबार १५:५५

नरी बडु | चैत्र ७, बैतडी | ५३ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्मा लगायत तीन जनालाई सम्मान गरिएको छ । दलित महिला संघ, इन्सेक, मानव अधिकार एलाइन्स, राष्ट्रिय दलित नेटवर्क र दलित समाज विकास मञ्चलेले दलितलाई भान्से राखेर जातीय विभेद अन्त्य गर्न सरकारी स्तरबाट सुरुवात गर्ने शर्मा, पुर्व जिविस सभापती परमानन्द भट्ट र दलित अभियान्ता नरेस विकलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मन गरिएको हो ।

न्याय सम्पादन र दलित समुदायका उजुरीलाई प्राथमिकता दिएर निश्पक्ष छानबीन गरेको भन्दै बैतडी प्रहरी प्रमुख डिएसपी हेरम्ब शर्मालाई सम्मान गरिएको दलित महिला संघका जिल्ला अध्यक्ष सरस्वती नेपालीले बताए । कार्यक्रममा ग्रामीण भेगका महिलाहरुको उल्लेख्य सहभागिता रहको थियो । जिल्लाको दुर्गम गाउँपालिका पञ्चेश्वरबाट सहभागी नारायण सार्कीले बिद्यालयमा दिवा खाजा खुवाउँने क्रममा दलित बालबालिकामाथि जातीय विभेद हुने गरेको गुनासो गरे ।


दशरथ चन्द नगरपालिका वडा नं. ९ बाट सहभागी प्रेम दयालले मन्दिरका पूजारीबाट गाउँमा दलित माथि जातीय विभेद हुने गरेको गुनासो गर्नुभयो । सहभागीहरुको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले विभेदका त्यस्ता घटनाको तुरुन्तै उजुरी दिनुहोस् हामी कानुन अनुसार कारबाही गर्छौ भन्दै जातीय विभेद उन्मुलन गर्न प्रतिबद्धता जनाए ।

कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समाज र महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो  । कार्यक्रममा सहभागिहरुले हामी सबै जातीय विभेद उन्मुलन गर्न प्रतिबद्ध छौं भन्दै प्रतिबद्धता व्यानरमा हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

५३ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवकामा एमाले नेता परमानन्द भट्ट, नेपाली काँग्रेसका नेता तथा जिल्ला समन्वय समितिका सदस्य लालबहादुर चन्द, एमालेका नेता नरेश विश्वकर्मा, प्रहरी प्रमुख हेरम्ब शर्माले जातीय विभेद उन्मुलन गर्न प्रबिद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गमा मोहीको लेबलिङ र प्याकेजिङ सुरु शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्ने अध्यक्ष प्रचण्डको जोड कैलालीको मोहना नदीमा डुबेर २ किशोरको मृत्यु कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक बारीमा उम्रिएको च्याउ खाँदा तनहुँमा १० जना बिरामी तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई