Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-08-29 01:04 PM
अछाम - ACM

प्रदेश ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने: अर्थमन्त्रि बोहरा

कमल रावल/चैत १३, अछाम | प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश नम्बर ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने बताउनु भएको छ । 

यस क्षेत्रको गरिबी, पछौटेपन, अन्त्य गर्न अबको आवश्यकता नै आर्थिक क्रान्ति भएको बताउनु भयो । 

सदरमुकाम मंगलसेनमा प्रेस सेन्ट्र अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि बोहराले प्रदेश सरकारले चैत मसान्त भित्रै यस क्षेत्रको बिकासका लागी बिशेष बजेट् स्वरुप १ खरब २ करोड ५ लाखको बजेट ल्याउने बताउनु भयो । 

जनतालाई मेरो सरकार हो भन्ने अनुभुति दिलाउनका लागि प्रदेश सरकारले आफना गतीवीधी अघि बढउने बताउनु भयो । समाबेशि र आर्थिक समानता सहीतको बजेट भुगोल, जनसख्याको आधारमा बिनियोजित गर्ने भन्दै कृषिकलाई आत्म निर्भर बनाउन बिशेष योजना ल्याउने बताउनु भयो । अहीले तत्काल आउने बजेटले सबै क्षेत्रलाई समेट्न नसकेपनी शिक्षा, स्वास्थ्य, रोजगारि, सिचाई खाद्यान्न सँकट हटउन तिर बजेट तुर्जमा भईरहेको जानकारी गराउनु भयो ।

 प्रेस सेन्ट्र अछामका अध्यक्ष नरेन्द्र रावलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोहराले नेपालमा करमा एकद्धार प्रणाली लागु गर्ने भन्दै संघियता कार्यान्वयन नचाहने हरुले प्रणालीका बारेमा विभिन्न नकारात्मक भ्रम फैलाई रहेका आरोप लगाउनु भयो ।

 आफु अछामबाट निर्वाचित साँसद भएकाले अछामका लागि बिशेष बजेटेको ब्याबस्था गर्ने समेत जोड दिनु भएको थियो । पत्रकार सम्मेलनमा नेकपा माओवादि केन्द्र अछामका संयोजक झपट साउद, रामारोशन गाउपालिका अध्यक्ष झंकर साउद, मन्त्रि बोहराका प्रमुख राजनितिक सल्लाहकार आदर्श साउद, अछामका प्रहरी प्रमुख डिएसपि दधिराम न्यौपाने लगाएत जिल्ला स्थित संञ्चारकर्मिको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन प्रेस सेन्टर अछामका सचिव होम साउदले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह