२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

समाज सुधार्न सबै लाग्नुपर्नेमा जोड

२०७४, १८ चैत्र आईतवार ०१:१४

नरी बडु | चैत्र १८, बैतडी | समाजमा विद्यमान कुरीति, कुसंस्कार र अपराध हटाउन सबै लाग्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । 

सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम शाहिलेकमा गरिएको सचेतनामुलक कार्यक्रमका सहभागिहरुले यस्तो जोड दिएका हुन् । बैतडीको समाजमा विद्यमान बालविवाह महिला हिंसा र जातीय विभेद अन्त्य गर्न समाजका हरेक व्यक्तिको उतिक्कै भुमिका हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माको भनाई छ । “एउटाको प्रयासले मात्रै समाजमा जडो गाडेका कुप्रथा र अपराध घटनाउ सकिदैन यस्को लागि सबैको साथ चाहिन्छ ।” उनले भने । 


प्रहरीले ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको प्रहरी सेवा’ लगायतका माध्यमबाट पनि जनता संग नजिक भएर काम गरीरहेको उहाँको भनाई छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले सुदूरपश्चिमको डेउडा गीतमार्फत सचेतना सन्देश दिएका थिए । बालविबाह विद्यमान रहेको जिल्लामा अहिलेसम्म एउटा पनि उजुरी दर्ता नहुनु दुखको कुरा भएको उनको भनाई छ । समाजमा रहेका कुसंस्कृती, कुसंस्कार र कानून विपरित कामहरु नियन्त्रण गरि शान्ति सुव्यवस्था कायम र जनताका हरेक गुनासो सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको उनको भनाई छ । 

कार्यक्रममा सहभागि अन्य वक्ताहरुले पनि बालविबाह, घरेलु हिंसा त्यसमा पनि जाँडरक्सी सेवनका कारण हुने हिंसा लगायतका विषयमा आ–आफ्नो धारणा राखेको सामुदायिक सेवा केन्द्रका सचिव रमेस कोलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी