२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जेसीजले युवाहरुको ब्याक्तित्व र नेतृत्व बिकास गर्छः अध्यक्ष बस्याल

२०७४, २९ चैत्र बिहीबार १७:०२

चैत २९, अछाम | अछाम जेसिसले नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालको सम्मानमा बिशेष कार्यक्रम सम्पन्न गरेको छ । जेसीज अछामको आयोजनामा राष्ट्रिय अध्यक्षको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अछाम जेसिस बर्ष २०१८ का अध्यक्ष खेमराज ढुंगानाको अध्यक्षतमा भएको उक्त कार्यक्रममा नेपाल जेसिसका अध्यक्ष श्रीधर बस्याल प्रमुख अतिथी रहनुभएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्यालले जेसिस युवाहरुको नेतृत्व बिकासका लागि स्थापित संस्था भएको बताउनुभयो । बस्यालले जेसिसले आफ्ना सदस्यहरुको व्यक्तित्व बिवकास, व्यवसायीक बिकास, सामाजिक बिकासका लागि काम गरिरहेको बताउनुभयो । कार्यक्रममा नेपाल जेसिसका उपाध्यक्ष टेकराज रेग्मि, नेपाल जेसिसका राष्ट्रिय महिला कार्यक्रम संयोजक एकता जिसीको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै उनीहरुले जेसिस युवाहरुको क्षमता र व्यवसायीक दक्षता अभिबृद्धि गरि व्यक्तित्व बिकासका लागि स्थापित संस्था भएको उल्लेख गरेका थिए । 


अछाम जेसिसका कार्यकारी उपाध्यक्ष नरेशकुमार शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अछाम महासचिव बिष्णुप्रसाद भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा अछाम जेसिसका पूर्व अध्यक्ष नमराज न्यौपानेले अछाम जेसिसका बारेमा जानकारी गराउँदै आफ्नो धारणा राख्नुभएको थियो भने निवर्तमान अध्यक्ष टिकेन्द्र भण्डारीले धन्यबाद मन्तव्य राख्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा