2026-10-14 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अबको शिक्षा स्थानिय पाठ्यक्रममा आधारित हुनु पर्छः साँसद बोगटी

कमल रावल | चैत २९, अछाम | अछाम क्षेत्र नम्बर २ प्रतिनिधी सभा साँसद यज्ञ बहादुर बोगटीले अबको शिक्षा स्थानिय पाठ्यक्रममा आधारित हुनु पर्ने बताउनु भएको छ । २९ औं शिक्षक दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन अछामले आयोजना गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा स्थानीय तहको जिम्मेवारीः सरोकारवालाको भूमिका विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै साँसद बोगटीले आफ्नै स्थानका स्थानिय उत्पादनलाई प्रर्बद्धनमा टेवा पुग्ने भएकाले अगामि सबैको ध्यान त्यस तर्फ हुनु पर्नेमा जोड् दिनु भएको हो । 

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष जानकी बोहराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बोगटीले राज्यको पुनःसंरचना संगै अब गुणस्तरीय शिक्षाका लागि जनप्रनिधिमार्फत प्रभावकारी कानून निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो । सामुदायिक विद्यालय पनि सुधार हुँदै गएका भन्दै अब जीवन उपयोगी शिक्षाको आवश्यक्ता रहेको उहाँको भनाई छ । कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उप प्रमुख टोप बहादुर रावलले संघीयताको कार्यान्वयन संगै अब शैक्षिक गुणस्तरका लागि सबै सरोकारवाला जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

शैक्षिक क्षेत्रमा पनि अभिभावकको लागनी हुनुपर्ने भन्दै उहाँले लगानी भएको ठाउँमा अपनत्व हुने बताउनु भयो । संघीयता जसरी नी सफल पार्नुपर्ने उहाँको जोड छ । कार्यक्रममा मंगलसैन नगरपालिकाका प्रमुख पदम बोहराले शिक्षा क्षेत्रलाई राज्यले मर्यादित बनाउनु पर्ने भन्दै यसका लागि हरेक शिक्षक पनि जिम्मेवार हुनुपर्ने बताउनु भयो । आफु नगरपालिकामा शिक्षा नीति बनाई लागू गर्ने उहाँको भनाई छ । 

यस्तै चौरपाटी गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले शिक्षाको गुणस्तर बृद्धिका लागि आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकाले शिक्षा नीतिको तर्जुमा गरेको भन्दै शिक्षाको गुणस्तरका लागि लागिपर्ने बताउनु भयो । कार्यक्रममा नेपाल शिक्षक महाँसंघ अछामका अध्यक्ष दिप बहादुर कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय पार्षद तथा पूर्व अध्यक्ष नर बहादुर रावल, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई शाखाका प्राविधिक सहायक डम्बर रावल, शिक्षक धन कुमार केसी, पार्वती मावि बान्नातोलीका व्यवस्थापन समिति अध्यक्ष खडक बहादुर बिष्ट, वडा अध्यक्षहरु मान बहादुर बोगटी, पदम भाट, हरी ढुंगाना, जनक भण्डारी, झपट रावल, पत्रकार शिवराज ढुंगाना, पुष्पराज भट्ट, होम साउँद, बिष्णु प्रसाद भण्डारी, टेक बहादुर थापा, नरेन्द्र रावल लगायतले शिक्षाको गुणस्तर बृद्धिका लागि स्थानीय तहले ठोस नीति बनाई कार्यान्वयन गर्नुपर्ने बताउनु भएको थियो । संगठनका उपाध्यक्ष गीता ढुंगानाले स्वागत गर्नु भएको कार्यक्रममा सचिव सर्पराज रिमालले अछामको शैक्षिक अवस्थाका बारेमा जानकारी सहित कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश