पढ्न करिब 1 मिनेट लाग्छ

चैत ३० बैतडी | हुम्ला घर भएका एक बालकको बैतडीस्थित नेपाल–भारत सीमानाका झुलाघाटबाट उद्धार गरिएको छ । घरमा थाहा नदिई भागेर भारत जाँदै गरेका हुम्लाको सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय गजेन्द्र बोहरालाई प्रहरीले बिहीबार उद्धार गरेको हो ।

गजेन्द्रको घरमा फोन सम्पर्क गर्दा भागेर गएको थाहा पाएपछि बालकको उद्धार गरी आफन्तलाई बुझाउने तयारी गरिएको सिमानाका प्रहरी चौकीका प्रमुख चक्रदेव पाण्डेले जानकारी दिनुभयो । प्रदेश नं ७ सुदूरपश्चिमका सात वटा पहाडी जिल्लालगायत जुम्ला, कालीकोट, हुम्लाका नागरिक सीमानाका झुलाघाट हुँदै भारत जाने गर्दछन् । रासस