Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
अछाम - ACM

नेपालकै पहिलो ग्रामिण अर्थोपेडिक कार्यशाला केयर गोष्ठी अछाममा सम्पन्न

k By kit 7 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पूर्णबहादुर खड्का/बैशाख २३ अछाम। नेपालमै पहिलो पटक अछाममा ग्रामिण अर्थोपेडिक कार्यशाला गोष्ठी शनिबार बयालपाटामा सम्पन्न भएको छ।

नेपाल अर्थोपेडिक एसोसिएसनको साझेदारी तथा बयालपाटा अस्पतालको आयोजनामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

ग्रामिण क्षेत्रमा अर्थोपेडिक शल्यक्रिया ट्रमालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको बयालपाटा अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकले बताए ।

कार्यशाला गोष्ठीमा उपस्थित हार्डजोर्नी बिशेषज्ञ डाक्टरले आ आफ्ना प्रस्तुती राखेका थिए ।

गोष्ठीमा साँफेबगर नगरपालिकाका पमुख कुलबहादुर कुवँरले धेरै कठिन परस्थितीका बावजुत अस्पताल सुरुवात गरिएको स्मरण गर्दै अहिले गर्व गर्न लायक भएकोमा प्रशंसा गर्नुभयो । अस्पतालले  स्तरिय सेवा प्रदान गरिरहेकाले बिरामी बाहिर जानुपर्ने अवस्था कम भएकोमा खुशी व्यक्त गर्नुभयो । यस्तै नेपाल अर्थौपेडिक एसोसिएसनका अध्यक्ष डाक्टर बुलन्द थापाले शहरको सेवाले मात्रै प्रयाप्त उपचार नहुने भन्दै गरिबीको रेखामुनी रहेका बिरामीले दुर्गम क्षेत्रमै हार्डजोर्नीको उपचार पाउनु पर्ने बताउनु भयो । यस्तै दुर्गम क्षेत्रका लागि ट्रमा केयरको टिम बनाएर सेवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यशालामा ग्राण्डी अन्तराष्टिय अस्पतालका हार्डजोर्नी बिशेषज्ञ डाक्टर भाष्करराज पन्तले न्याय हेल्थ नेपालले बयालपाटा र चरिकोट अस्पतालमा भईरहेका हार्डजोर्नीका सेवाहरुका बारेमा जानकारी गराएका थिए ।

अमेरिका बाट आउनु भएका हार्डजोर्नी बिशेषज्ञ तथा अर्थोपेडिक ओभरसिजका अध्यक्ष डाक्टर कार्ला स्मिथले हार्डजोर्नीको आकस्मिक उपचार कस्तो प्रकारकोलाई प्रदान गर्ने भन्ने बिषयमा प्रस्तुती राख्नुभएको थियो भने बि एण्ड बिका हार्डजोर्नी बिषेशज्ञ डाक्टर अन्सुल राज भण्डारीले बच्चाहरुमा हुने हार्डजोर्नीका समस्या र संक्रमणका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

यस्तै सेती अञ्चल अस्पतालका हार्डजोर्नी बिशेषज्ञ डाक्टर सन्तोष पन्तले घुडाँ र ढाडको दुखाई कम गर्न अपनाईने उपचार बिधीका बारेमा प्रस्तुती राखेका थिए ।

गोष्ठीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठाले प्रतिष्ठानले संचालन गरिरहेका कार्यक्रम र भावी रणनितीका बारेमो  बारेमा जानकारी गराएका थिए । अर्थोपेडिक कार्याशाला गोष्ठी दोश्रो पटक कणार्लीमा गर्ने समेत उहाँले बताए ।

एडभान्स टर्मा सर्पोटका सिद्धान्तलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ र दुर्गम क्षेत्रमा सुलभ तरिका सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने बिषयमा बयालपाटा अस्पतालका शिक्षा तथा चिकित्सा प्रमुख डाक्टर बिकाश गौचन प्रस्तुती देखाएका थिए भने हार्डजोर्नी बिशेषज्ञ डाक्टर मन्दिप पाठकले हार्डजोर्नीका बिभिन्न बिषयमा छलफल गराउनुका साथै बयालपाटा र चरिकोटमा भईरहेका सेवाका बारेमा जानकारी गराएका थिए ।

कार्यशालामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हार्डजोर्नी विभागका प्रमुख डाक्टर मंगल रावल, हार्डजोर्नी बिशेषज्ञ डाक्टर देउमा लिम्बु, फिजियोथेरापी बिष्णुदत्त आचार्य गरी ४० भन्दा बढीको सहभागीता रहेको थियो ।