अछाममा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अछाममा"/>

2026-08-29 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्र.जि.अ. आचार्यले भने ‘जिल्लाका साझा समस्यामा सबैसँग सहकार्य गर्दै अघि बढ्छु’

कमल रावल/बैशाख २५ अछाम। अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जिल्लाका साझा समस्यामा सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनु भएको छ । 

अछाममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, प्रहरी प्रमुख डिएसपि रुकेश तण्ड्कार र सहायक प्रमुख जिल्ला अधिकारी सितल रावल नयाँ सरुवा भएर आएपछी जिल्लाका संञ्चारकर्मिसँग परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले सो कुरा बताउनु भएको हो । 

जिल्लामा बिकास निर्माणमा ढिलाई, विद्युत सेवा अबरुद्ध, मदिराको समस्या मुख्य समस्याको रुपमा रहेको संञ्चारकर्मिले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए । सबै समस्या समाधानका लागि प्रशासन एक्लै केहि गर्न नसक्ने भएकाले सबैले साथ दिनु पर्नेमा उहाँले जोड् दिनु भएको थियो । अछाम दरबारको पुन निर्माणको कार्यलाई अगाडी बढाउनका लागि ठेकेदारसँग छलफल गरि काम सुचारु गराउन पहल गर्ने बताउनु भयो । 

जिल्लाको अब्यस्थित मदिरा बिक्रिवितरण र सेवन कार्यलाई ब्यबस्थित गर्दै लैजानका लागि अछामका १० वटै स्थानिय तहका प्रमुखसँग छलफल गरि अघि बढ्ने बताएका थिए । आफ्नो कार्यकालमा नागरिकलाई सहज र सरल तरिकाले सेवा प्रदान गर्न तल्लीन रहने जानकारी गराएका थिए । 

परिचयात्मक कार्यक्रममा प्रहरी नायब उपरिक्षक रुकेश तण्डुकारले प्रहरी नागरिककै साथमा रहेकाले शान्ति सुरक्षामा कुनै कमि हुन नदिने बताउनु भयो । मदिरा ब्यबस्थित गर्नका लागि नागरिक, स्थानिय सरकारको त्यतिकै साथको आवश्यकता भएकाले आफ्नो कार्यलाय त्यसको नेतृत्व लिन तयार रहेको जानकारी गराएका थिए । छलफलमा कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण संञ्चारकर्मिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था