2026-09-14 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

यसरी फालियो बैतडीको सदरमुकाममा फोहोर

नरी बडु/जेठ २, बैतडी | भनिन्छ समाज सुधार्नमा समाजका हरेक व्यक्तिको भुमिका महत्वपुर्ण हुन्छ । तर समाजका केहि व्यक्तिहरुले आफ्नो जिम्मेवारी बहन नगर्दा सर्वसाधरणले विभिन्न समस्याहरुले झेल्नुपर्ने हुन्छ। यस्तै भएको छ बैतडीमा । 

बुधबार बिहान नगरपालिकाले ट्याक्टर नपठाएको भन्दै गोठालापनी बजारका व्यपारीहरुले सडकमै फोहर फाल्दा सर्वसाधारणलाई समस्या मात्रै भएन् । बैतडी सदरमुकाम आउने पाहुना समेत अचम्ममा परे । बुधबार बिहान बैतडी जिल्लाको सदरमुकाम गोठलापानी फोहरै फोहरले भरिएको थियो । 

त्यो अरु कसैले होईन यहाँका व्यपापारिहरुले नै फालेको फोहोर हो ।  बजारलाई सुन्दर, सफासुग्घर र पर्यटकको आँखामा भिज्ने किसिमको बनाउन बजार व्यवस्थापन समिति, व्यापारीहरु र सम्बन्धित नगरपालिकाको भुमिका उतिक्कै हुन्छ । तर यहाँ यस्तो भएन् । दुई दिनसम्म नगरपालिकाले फोहर नउठाएको झोकमा स्थानीय व्यापारीहरुले मिलेर सम्बन्धित निकायलाई जानकारीनै नगराई गोठलापानी चौराहा र बिच सडकमै फोहर मिल्काई दिए । यस्ले बजारको गरिमालाई समते प्रभाव पारेको बजार व्यवस्थापन समितिका पुर्व अध्यक्ष दिपेस शाहाको भनाई छ । फोहरलाई व्यापारी र सम्बन्धित नगरपालिका दुबैले मिलेर व्यवस्थापन गर्नुपर्ने ठाँउमा दशरथचन्द नगरपालिका र व्यापारीहरुले आफ्नो जिम्मेवारी बहन नगरेको उहाँको भनाई छ । 

बिहानै सडकमा मिल्काईएको जथाभावि फोहरले स्थानीय सर्वसाधारण निकै समस्यामा परेका थिए । यस्मा सम्बन्धित नगरपालिका र बजार व्यवस्थापन समिति जिम्मेवार बन्नुपर्ने समुराई होटलका म्यानेजर हरिस जोशीको भनाई छ । दशरथचन्द नगरपालिकाको फोहर उठाउने टिप्पर बिग्रिएकाले भाडामा ट्याक्टर लिएर फोहर उठाउने काम गरेको भएपनि व्यपारिहरुले गैरजिम्मेवारपन देखाएको दशरथचन्द नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्थानीय व्यापारी र बजार व्यवस्थापन समितिलाई जानाजान बजरमा फोहर फालेको आरोप लगाएको छ । 

सम्बन्धित नगरपालिकालाई जानकारी नगराईकन यसरी बिच सडकमा फोहर मिल्काउनु व्यपारीहरुको गैरजिम्मेवारीपन भएको दशरथचन्द नगरपालिकाका मेयर नेरेन्द्र थापाको भनाई छ । “आफ्नो समस्याको बारेमा नगरपालिकालाई जानकारी नगराईकनै सिधै सडकमा फोहर फालिदिए” थापाले भने । नगरपालिकासंगको प्रतिसोध साध्न व्यपारिहरुले गरेको यस्तो काम घृणीत भएको सदरमुकाम स्थित कामका लागि आएका एक व्यक्ति डम्बर विष्टको भनाई छ । बैतडीका व्यापारीहरुसंग बाहिरबाट आएका व्यक्तिहरुलाई कसरी स्वागत सत्कार गर्ने र कसरी आफ्नो व्यापार प्रवर्धन गर्ने भन्ने सैली नभएको उनको गुनासो छ । 

“धन्न बिकेन्द्रिकरण हुनाले हामीले अहिले धेरै यहाँ आउनु परेको छैन् । यहाँका व्यापारीहरुको धुव्यवहार धेरै पटक सहिसके” । छोराको नागरिकता बनाउन पञ्चेश्वर गाँउपालिकाबाट सदरमुकाम आएका एक व्यक्ति जगेन्द्र चन्दको भने । तर व्यापारीहरुले भने नगरपालिकाले फोहर उठाउन लापर्वाही गरेकाले फोहर सडकमा फालिएको प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ