राज्य ठग्ने सरकारी विद्यालयलाई तह लगाउने को ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

प्रेम सुनार/जेठ–४ गुल्मी । गेट वाहिर ब्याप्त चर्चा छ निशुल्क शिक्षाको । तर जव  ति सरकारी विद्यालयको गेट भित्र पस्यो कि सहयोगका नाममा भर्ना शुल्क देखि विभिन्न अन्य शुल्कले अभिभावकको ढाड मस्काईदै आएको छ ।

जिल्लाको सदरमुकाम देखि गाउँका प्रत्येक विद्यालयमा अग्रेजी माध्यमद्धारा पठन पाठन सञ्चालन भन्दै सरकारी विद्यालयहरुको शुल्क तिर्न नसकेर कैयौं  विपन्न परिवारका अभिभावक आ–आफ्ना वालवालिकाहरुलाई विद्यालय छुटाउन बाध्य समेत हुँदै आएका छन् ।

सरकारको नीति अनुरुप सरकारी अर्थात सामुदायिक विद्यालयले कुनै पनि वाहनामा शुल्क लिन पाउँदैनन् । तर हरेक विद्यालयले सहयोगका नाम आफु खुशी शुल्क असुल्दै आएका छन् । निजी अर्थात वोर्डिङ्ग स्कुलले कमसेकम राज्यलाई राजश्व बुझाउने गरी निर्धारित दर रेट अनुसार शुल्क लिएर पारदर्शी ब्यवहार त गरेका छन् तर ति सरकारको दायरमा अनियवार्य रहन पर्ने सरकारी विद्यालयहरुले राज्यलाई सरासर ठग्दै आएका छन् ।

सहयोगका नाममा रशिद काटेर राजश्व छली गर्दा पनि राज्यको सवै निकाय मौन छ । उनिहरुले विद्यार्थीहरुबाट उठेको त्यो शुल्कको  राजश्व तिर्न पर्ने कि नपर्ने ? सव भन्दा कम शुल्क लिने गरेको  दावी गर्ने तम्घासको महेन्द्र नमुना माध्यामिक विद्यालयले  मात्र वार्षिक ३० लाख रुपैयाँ विद्यार्थीहरुबाट शुल्क अशुल्ने गरी पाईइएको छ ।

तम्घास कै शिद्धबाबा माबि, रेसुङ्गा माबिको शुल्क हेर्ने हो भने करिव वोर्डिङ्ग स्कुल कै हाराहारीमा छ । भर्ना र मासिक शुल्क,कम्युटर , पुस्ताकालय , खेलकुद , जुनियर रेडक्रश लगायत अलग अलग शुल्क सहित विद्यार्थीहरुलाई ट्रयाकसुट वितरणमा एक तिहाई भन्दा बढि कमिशनको गन्ध समेत त्यस्ता विद्यालयबाट आउने गरेको छ ।

थोक मुल्यमा ल्याईने एक जोर ट्रयाक्सुटको मुल्य ११ सय देखि १७ सय सम्म अशुल्नुले कमिशनको गन्धा आएको अभिभावकहरु बताउँ छन् । आज निजी तथा आवसीय विद्यालय अर्गानाईजेशन नेपाल –( प्याव्शन ) गुल्मीको १२ औं साधरण सभामा पनि यो विषय जोडदार संग उठाईयो ।

हामी राज्यको नीति भित्र रहेर उसले तोकेको शुल्क अनुसार कर तिरेर पठन पाठन सञ्चालन गरी रहेका छौं ,तर सामुदायिक विद्यालयले सहयोगका नाममा शुल्क लिएर कर छली गरेको कुरा कसले हेर्ने , तह लगाउने ? भन्ने विषय थुप्रै बक्ताहरुले उठाए ।

तम्घासको वालमन्दिर सभाहलमा आयोजना गरिएको साधरण सभामा प्याब्शन ५ नम्वर प्रदेशका अध्यक्ष कृष्णप्रसाद पन्थले प्रमुख आतिथीको आशनबाट त्यस्ता यावत सवाल उठाएका थिए । कार्यक्रममा विशेष अतिथी प्याब्शन गुल्मीका पुर्व अध्यक्ष श्रीप्रसाद भलामी , प्रदेश ५ का सदस्य हरि उपाध्याय , अभिाक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, पुर्व जिल्ला अध्यक्ष दानहादुर केसी  रेसुङ्गा नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष पदम अर्याल, वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डे र गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले मन्त्व्य राखेका थिए ।

समारोहमा प्याब्शनबाट जनप्रतिनीधी भएका ब्यक्तिहरुको सम्मान र उल्लेखनिय कार्य गरेका विभिन्न विद्यालयलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो ।  प्याब्शन गुल्मीका अध्यक्ष भगवत सिंह खकड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वावुराम कंडेलको स्वागत मन्तव्य र सचिव प्रदिप पाण्डेको सञ्चालन रहेको थियो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply