२५ कार्तिक २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्यटन प्रर्वद्धनको लागि आवश्यक पुर्वधार निर्माण गर्ने हो की घुमेर पैसा उडाउने ?

१ बैशाख २०७३, बुधबार १४:४०

kali-gandaki-river-rafting14पर्वत, पछिल्लो समयमा पर्यटकीय गन्तव्य स्थानका रुपमा चिनिदै गएको पर्वत जिल्लामा पर्यटन प्रवृद्धनको लाखौ रकम यहाँका अगुवा तथा नेतृत्व भनौदाहरुले आफै घुमेर सक्ने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रको विकास तथा पहिचान गरी त्यसको लागि आवश्यक पूर्वधार तथा जिल्लामा पर्यटकको लागि अत्यावश्यक बस्तुको विकास र निर्माण गर्नुको सत्ता पर्यटन प्रर्वद्धनको नाममा यहाँका नेतृत्वकर्ताले लाखौ रकम जाँडमा खनाउने गरेका छन् ।

सदरमुकाम कुश्मा छेउबाटै बग्ने कालीगण्डकी नदीमा कति पर्यटकले जलयात्रा गर्छन् भन्ने कुनै निकायलाई जानकारी समेत छैन ।वर्षेनी सयौं विदेशी पर्यटकहरुले कुश्मा नगरपालिका ४ नयाँपुलदेखि स्याङ्जा जिल्लाको मिर्मिसम्म जलयात्रा गर्ने भएपनि कुन पर्यटन संस्थाले कति पर्यटक ल्याउँछ समेत संबन्धित निकायलाई जानकारी नभएको पाईएको छ । जिल्ला विकास समितिले पर्यटन प्रर्बद्धनका नाउँमा विगत ४ वर्षदेखि पर्यटन सम्बन्धी जिल्लाको बस्तुगत विवरण तयार गरेर काम गरेको भएपनि सदरमुकामको छेउबाटै बग्ने कालीगण्डकी नदिले कमाउँदै गरेको लोकप्रियता थाहा हुन सकेको छैन । तर पर्यटन प्रर्वद्धनको लागि बर्षेनी बजेट छुटिन्छ तर त्यो बजेट कहाँ पुग्छ कसैलाई थाहा छैन ।

३ वर्षयता जिल्ला विकास समिति पर्वत र पर्यटन मन्त्रालयबाट गरि करिब १ करोड भन्दा बढि रुपीयाँ खर्च गरिएको भएपनि जलयात्रा संचालनका लागि कुनै पूर्वाधार विकास गर्न नसक्दा ‘माल पाएर पनि चाल नपाएजस्तो’ भएको सरोकारवालाहरुको भनाई छ । पर्वत जिल्लामा पर्यटकीय स्थलको लागि गन्तव्य स्थान बन्न सक्छ तर यहाँका अगुवा तथा आफ्ुलाई पर्यटक विद भन्नेहरुले प्रर्वद्धनका लागि आएको रकम रक्सी र आफै घुमेर सक्ने गरेका छन् ।

गर्मी मौषम शुरु भएसँगै अहिले कालीगण्डकी नदीमा जलयात्रा (¥याफटिङ्ग)का पर्यटकको घुईँचो लाग्न शुरु भइसकेको भएपनि जलयात्राका विषयमा जिल्लाका कुनै निकायले ध्यान नदिँदा कहाँबाट कति पर्यटक आउँछन् भन्ने तथ्याङ्क समेत जिल्ला विकास समितिले राख्न सकेको छैन । साहाशिक जलयात्राका लागि विश्वका उत्कृष्ठ नदीको रुपमा कालीगण्डकीलाई लिईने गरेको भएपनि यसलाई व्यवस्थित गर्न र जलयात्राका लागि आवश्यक पर्ने पूर्वाधारको विकास गर्न नसक्दा समस्या हुने गरेको पोखराका ¥याफटिङ्ग व्यावसायी देब रेग्मी बताउँछन् ।

9ebe2f6f073b60b44cdf51f8e1fbf6eb

खोलाका विभिन्न ठाउँमा ठूला ढुंगाहरुका कारण समस्या भएकाले ति ढुंगा हटाउनु पर्ने तथा ठाउँ ठाउँमा पर्यटकहरुका लागि बस्ने स्थलको व्यवस्थापन गर्नुपर्ने जरुरी रहेको बताउनुहुन्छ । तर यहाँका मानिसहरु कसरी बजेट आफ्नो हातमा पारौं र वडाबडा फाँक गरौं भन्ने सोचमा मात्रै हुन्छन् जसका पर्यटन विकासको पूर्वधार निर्माण हुन सकेको छैन ।

पर्यटकका लागि लोकप्रिय बनेको ¥याफटिङ्गका लागि भएका पुर्बाधारहरु बिग्रदै्र जाँदा समस्या आउने गरेको गाईडहरु बताउँछन् । नदीमाथिका संरचना बिगार्ने, जलयात्रा शुरु हुने ठाउँमा पर्खाल लगाउने, जथाभाबी बालुवा निकाल्ने कामले जलयात्रा सञ्चालन असहज हुने गरेको गाइटहरुको अनुभव छ । जलयात्राका क्रममा यस क्षेत्रमा पर्यटकहरुले ३ दिन बिताउने गर्छन् । कालीगण्डकी–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै बर्राचौर गाविसका पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जानेगरि पर्यटकहरु यात्रा तय गर्ने गरेका हुन्छन् ।

पर्यटन प्रवृद्धनको लागि जिल्लाले पूर्वधार निर्माण गरी व्यवस्थीत रुपमा पर्यटन व्यवसाय अंगाल्न नसकको उवासंघ पर्वतका महासचिव ठाकुर वि पौडेलले स्वीकार गरेका छन् । जिल्ला पर्यटकीय गन्तव्य स्थलका रुपमा चिनिन थालेता पनि आवश्यक पूर्वधारको निर्माण गरी आर्थिक आम्दानी बढाउने तर्फ ध्यान जान नसकेको पौडेलको भनाई छ ।  ‘पर्यटन विकास र कर दुबै लगाउनका लागि जिल्ला विकास समितिले काम गर्न सक्ने भएपनि यस क्षेत्रका कसैको ध्यान पुग्न सकेको पाईदैन’ –उनले भने ।

जिल्ला विकास समितिले समेत यस बारेमा कुनै व्यवस्थापन गर्न नसकेको भएपनि पर्यटन बोर्डसँग समन्वयमा सोच भने बनाएको जिल्ला विकास समिति पर्वतका पर्यटन फोकल पर्सन चन्द्र बहादुर क्षेत्रीले बताउँछन् । जिल्लामा दर्ता नहुने र जिल्लामा पर्यटन सूचना केन्द्र स्थापना नभएकाले कुनै काम हुन नसकोको भन्दै पर्यटन विकासका लागी केहि गर्न नसकिएको उनले स्वीकार गर्छन् । तीन बर्षमा १ करोड खर्च भयो तर पर्यटन प्रर्वद्धनका लागि पूर्वधार निर्माण हुन भने नसकेको उनको भनाई छ ।

छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीमा आउने पर्यटकको घुँइचो लाग्न थालेको छ । लामो, समथर र कम बहाब भएकाले बिदेशी नागरिकहरु अन्य नदीहरु भन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । जलयात्राका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटक स“गै स्वेदशी पर्यटकको समेत आबागमन बढेको प्याडल नेपालका रिभर गाईड रबि श्रेष्ठले बताउँछन् ।

kali-gandaki-river-rafting14

कालीगण्डकी नदीमा अहिले दैनिक दुई÷तीन समुहमा पर्यटकहरु आउने गरेका छन । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाईमा पार्दै आएकाले पनि पर्यटकहरुको आगमन बढेको श्रेष्ठको बुझाई छ । पर्वतको पाङ गाविस स्थित नया“पुल तथा मालढुंगाबाट शुरु हुने ¥याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत परियाजनाको जलाशयमा पुगेर टुङगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन भने अस्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाईमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।
-सूचनाकेन्द्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’