पढ्न करिब 1 मिनेट लाग्छ
<p>जेठ १३, बैतडी | बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । <br></p><p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/9355cf37c1b7210e355bd86dce4900ce1527390047.jpg" style="float: left;">यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ । दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म१झ १०३ नंको एम्बुलेन्स आज बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका–३ धरमघर नजिकै दुर्घटनामा परेको हो । </p><p>एम्बुलेन्स सडकबाट करीब एक हजार मिटर तल झाडीमा खसेको छ । घाइते सबैको प्रहरीले उद्धार गरेको थियो । घाइतेहरु चारै जनाको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो । एम्बुलेन्स दुर्घटनाको कारण भने खुल्न सकेको छैन । रासस </p>

