2026-09-14 09:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै

नरी बडु/जेठ २४, बैतडी। विपन्न वर्गको स्वास्थ्य सेवामा पहुँच पुर्याउन नेपाल सरकार सामाजिक स्वाथ्य विकास समितिमार्फत् ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दुई वर्षअघि बैतडीमा सञ्चालन भएको स्वास्थ्य बिमामा पाँच हजार तीन सय ८१ जनाले स्वास्थ्य बिमा गरेका छन् ।  स्वास्थ्य बिमा गराएकामध्ये एक हजार ६ सय जनाले बिमापछिको उपचार सेवालिएका छन् ।

गत पुसदेखि जिल्लामा स्वास्थ्यबिमा लागूभएपछि गरिब, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहजरुपमा स्वास्थ्य सेवा पाएका छन् । प्रत्येक परिवारमा पाँचजनासम्मको लागि दुई हजार पाँच सय र पाँचजना भन्दामाथिको संख्या भएमा थप चार सय २५ रुपैयाँ शुल्क लाग्ने गरेको छ । बिमा गरेपछि स्थानीयले एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई ५० हजारसम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिने छ । तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिने छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याइ सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा लागू भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका जिल्ला प्रबन्धक विष्णु जोशी बताए ।

बैतडीमा ८६ जना दर्ता सहयोगीलाई तालिम दिएर जिल्लाका प्रत्येक वडाम घरदैलो कार्यक्रम गर्ने गरेका छन् । बिमाको बारेमा जानकारी गराउनुका साथै दर्ता सहयोगीले बिमा संकलन गर्न थालिएपछि सर्वसाधारणको आकर्षण बढन थालेको हो । तर अझै लक्ष्य अनुसार बिमा गर्न नसकेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ । ‘ग्रामीण क्षेत्रका सबै घरमाअझै दर्ता सहयोगी पुग्न सकेका छैनन्,’ जिल्ला प्रबन्धक जोशीले भने, ‘तोकिएकास्वास्थ्य संस्था टाढा भएकाले स्थानीयले सहज रुपमा उपचार सेवा लिन सकेका छैनन् ।’ भौगोलिक कठिनाइ, जनस्तरमा जनचेतनाको कमी, स्वास्थ्य सेवा उपभोगमा भइरहेको असहजता, गरिबीको रेखामुनि रहेको वर्गलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समाबेश गराउने भनिए पनि समयमै गरिबी परिचयपत्र वितरण नहुँदा थुप्रै समस्या र चुनौतीका बावजुत पनि स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

सूचिकृत स्वास्थ्य संस्थासम्म सहजरुपमापहुँचनहुँदा सोचे अनुरुप सर्वसाधारणले बिमा गर्न सकेका छैनन् । बैतडीमा जिल्ला अस्पताल, पाटन र मेलौली प्राथमिक स्वास्थ्य केन्द्र, डडेल्धुराको उपक्षेत्रीय अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पताललाई प्रथम सेवा बिन्दुको रुपमा राखिएको छ । 

दोस्रो रिफरल बिन्दुको रुपमा कोहलपुर मेडिकल कलेज, भेरी अञ्चल अस्पताल र काठमाडौंका ९ वटा अस्पताल तोकिएको जिल्ला जिल्ला स्वासथ्य कार्यालयका सूचना अधिकारी भुवनप्रसाद जोशीले बताए ।

स्वास्थ्य बिमा गरेका स्थानीय उपचार पाउँदा खुसी भएका छन् । उपचार गर्न आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण स्वास्थ्य बिमाबाट लाभ लिन थालेका छन् । बिमा गरेर उपचार सेवा लिएका दशरथचन्द नगरपालिका–२ देहिमाण्डौका  हिरा भट्टले भनिन्,‘वर्षोदेखि बिरामी थिए, सहजरुपमा स्वास्थ्य सेवा लिन पाए ।’ गरिबका लागि उपचार गर्न समस्या नहोस् भनेर ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम ग्रामीण क्षेत्रका स्थानीयसम्म पुग्न सके सहजरुपमा स्वास्थ्यउपचार पाउने स्थानीय बताउँछन् ।

स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र अन्य सरोकारवालालाई जानकारी गराइ आधारभूत स्वास्थ्य सेवालाई सहज बनाउन स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन प्रचारप्रसार भइरहेको बतायएको छ ।

अत्यावश्यक इमरजेन्सी सेवा र औषधिमा पनि यो  रकम लिन सकिने छ । स्वास्थ्य सेवा उपचार, निदान र औषधिमा बिमित सदस्यले सेवा पाउने छन् । बिमा गरेको परिवारको सदस्यले स्वास्थ्य सेवालिनका लागि परिचयपत्र लिएर स्वास्थ्य संस्था जानुपर्ने छ भने उपचार खर्चवापतको रकम कार्यक्रममार्फत् सिधै स्वास्थ्य संस्थाले पाउने छन् । बैतडीमा हालसम्म ३० लाख ४६ हजार सात सय ६५ रुपैयाँ बिमा रकम संकलन गरिएको जिल्ला प्रबन्धक जोशीले बताए ।

स्वास्थ्यबिमा प्रभावकारी भएकोले यसलाई अझै अभियानको रुपमा लैजानु पर्नेमा स्थानीय बताउँछन् । बिमापछि सहजरुपमा स्थानीयतहमै स्वास्थ्यउपचार पाउन सके अझै सर्वसाधारण आकर्षित हुने सुर्नाया गाउँपालिकाका प्रमुख बीरबहादुर बिष्टले बताए ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरंग सेवा, प्रयोगशाला, एक्सरे, इलेक्ट्रो कार्डियोग्राफी, ड्रेसिङ, घाउ चिरफार, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सीमासम्म निःशुल्क उपचार हुन्छ । यसका साथै मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसूति, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधि, दन्तउपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मिर्गाैला, स्पाइनलतथा हाड इन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाइमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुने बताइएको छ ।स्वास्थ्य मन्त्रालयले पाँच सय ३० प्रकारका औषधि समेट्दै आएकोमा गत भदौ १ गतेदेखि ९ सय २८ किसिमको औषधि बिमा गराएका स्थानीयले निशुल्क रुपमा पाउने भएका छन् ।

हालसम्म बैतडीलगायत ३३ जिल्लामा स्वास्थ्य बिमा लागू गरिएको छ । आगामी आथिृक वर्षदेखि देशभर लागू हुने  बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ