पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २७, बैतडी | नेपाल रेडक्रस बैतडी शाखाले जिल्लाका उपशाखाहरुको क्षमता अभिवृद्धि तथा जुनियर युवा रेडक्रस सर्कल गठन सम्बन्धी एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

शनिबार उपशाखाहरुको क्षमता बढाएर मानवीय सेवाको क्षेत्रमा पहुँच बढाउन र जुनियर युवा रेडक्रस सर्कललाई सक्रिय बनाउन तालिमको आयोजना गरिएको रेडक्रस बैतडी शाखाका मन्त्री रमेश भण्डारीले बताए । तालिममा जिल्लाका २२ उपशाखाका सभापति र पदाधिकारीको सहभागिता रहेको थियो ।

जगन्नाथ बुहमुखी क्याम्पसमा रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयको अध्यक्षतामा सम्पन्न तालिममा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा प्रमुख अतिथि रहेका थिए । तालिममा उपशाखालाई मजवुत बनाउन र जुनिय युवा रेडक्रस सर्कललाई सक्रिय बनाउन जिल्ला शाखा र उपशाखाले खेल्नुपर्ने भुमिकाको बारेमा बालबालिका केन्द्र्रित विपद् परियोजनाका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले प्रस्तुतिकरण गरेका थिए ।