2026-10-14 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रामारोशन गाउपालिका वडा नम्बर ७ पुर्ण जन्मदर्ता वडा घोषणा

कमल रावल | जेठ ३१, अछाम | रामारोशन गाउपालिकाका अध्यक्ष झंकर साउद भाष्करले हानिकारक रुपमा रहेका समाजका कुप्रथालाई अब अन्त्य गर्दै जाने बताउनु भएको छ । परम्परागत हानिकारक रुपमा रहेका कुसंस्कारका अन्त्यका लागि सबै हातेमालो गर्दै अघि बढ्ने बताउनु भयो । 

रामारोशन गाउपालिका वडा नम्बर ७ को सुतारलाई पुर्ण जन्मदर्ता वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै साउदले बिकासको ढोका खोल्न सभ्यताको बिकास गर्न जरुरी रहेको बताउनु भयो । छाउपडी कुप्रथा अन्त्यका लागि छाउपडी भित्र र देउता बाहीर अभियान सुरु गाउपालिकामा सुरु भईसकेकाले अबको सबैको साथको आवश्यकता रहेको बताउनु भयो । छाउपडी कुप्रथा अन्त्यका लागि भदौमा आउने कानुनु अगाबै नै धेरै कुरा आफ्नो गाउपालिकामा कार्यान्वयन आईसक्ने उहाले बताउनु भयो । सुन्दर, पर्यटकिय र नमुना, समृद्ध, सुखि गाउपालिका परिकल्पना गरेको अभियान सबैले साथ दिएमात्र पुरा हुने उहाँले बताउनु भयो । 

वडा नम्बर ७ का अध्यक्ष खड्क भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी नेपाल कम्युनिष्ट पार्टीका नेता चक्र रावलले वाल विवाह अशिक्षा, घरको दबाब, साथिको लह लहैमा लागेर हुने भएकाले सबैले रोक्नका लागि लाग्नु पर्ने बताउनु भयो । सरोकारवाला सबैको ध्यान पुर्ण जन्मदर्ता वडा घोषणा हाम्रो अभियान भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रममा वडाका २ हजार २ सय ९२ वालावालिका मध्ये २ हजार २ सय १४ जनाको जन्मदर्ता गरिएको प्रतिबेदन सार्वजनिक गरिएको थियो ।  

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका भरत अयडी, ऐकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष कुल बहादुर भण्डारी, नेपाली काग्रेस कार्यबाहक वडा सभापती देब बहादुर साउद, रामारोशन गााउपालिका प्रमुख प्रशासकिय अधिकृत केशबराज शर्मा, गाउ कार्यपालिका सदस्य हरि परियार, पदम भण्डारी, रामारोशन गाउपालिका वडा नम्बर ४ का सदस्य नन्दराज उपाध्याय, वाक नेपालका सहयात्रा परियोजना संयोजक कृपराज जोशि, बद्री प्रसाद ओझा, पुर्व गाबिस अध्यक्ष तप्त भण्डारी, पशु शाखा प्रमुख धुव्र बिक, स्वास्थ्य चौकीका श्याम भण्डारि, महिला अधिकार मञ्च कौशिला भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । पदम भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन वडा सहायक कल्पना रावलले गर्नु भएको थियो । वडा कार्यालयको आयोजना रामारोशन गाउपालिकाको सहयोगमा घोषणा कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश