१५ वर्षे किशोर बेवारिसे, अश्रुधार बगाउँदै आमा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

प्रेम सुनार/असार–१२, गुल्मी। आज भन्दा १५ वर्ष अघि गुल्मीको दोहलीमा स्थानिय एक पुरुषद्धारा शाररिक सम्वन्ध राखेर जन्मीएको सन्तानसहित उनकी आमा अहिलेसम्म अलपत्र परेकी छन् ।

२०५८ साल असार ७ गते हालको ईस्मा गाउँपालिका , साविकको दोहली गाविस वडा नम्वर ७ की कमला बस्नेत (नाम परिवर्तन ) लाई साविकको वडा नम्वर ८ का यमबहादुर खत्रीले  प्रेम विवाह  गरेर घर भित्राएको  र केहि महिनापछि परिवारजनले हेला गरी माईती मै अलपत्र परेको ति महिलाले बताईन  ।

खत्रीबाट रहेको भनिएको  गर्भबाट  २०५९ साल कार्तिक १२ गते सन्तान जन्मीएको र खत्रीले पालन पोषण नगरेको भन्दै ति महिलाले नाता कायम गरी  खान खर्च पाउँ भनि जिल्ला अदालत गुल्मीमा  डेढ वर्ष  अघि मुद्धा दिए पनि हालसम्म फैसला हुन सकेको छैन । उनका छोरा अहिले १५ वर्ष पुगेर १६ वर्षमा लागेका छन ।

उनै  खत्री बाबु रहेको शैक्षिक प्रमाण पत्र बनाई उनले माईती मै बसेर छोरा पढाए पनि विवाह दर्ता  भएको छैन । जसका कारण त्यो उमेरसम्म उनका छोरा वेवरिसे सन्तान बन्न पुगेका छन् ।

खत्रीले भने आफ्नो सन्तान नभएको दावी गर्दै आएका छन ।  उनले आफुले ति महिलालाई घर नभित्राएको दावी गरे पनि ति महिला उनको घर भित्रिएको, सुत्केरी पनि उनकै घरमा भएको र खत्रीले बाबुका रुपमा न्वारन समेत गरेको स्थानियले बोलेको कुरा हामीसंग भिडियो सुरक्षित रहेको छ ।

स्थानिय जनप्रतिनिधी, त्यहाँको आमा समुह र उनलाई भित्राउँदाका प्रत्यक्षदर्शीले  ति महिलालाई खत्रीले कान्छी श्रीमतिका रुपमा भित्राएका  बताएका छन्  । उनि भारतिय सेनाका लाहुरे थिए । त्यति वेला उनि घर विदा आउँदा उनकी श्रीमती सुत्केरी भएको बेला आफुलाई सुरुमा जवरजस्ती शाररिक सम्वन्ध राखेको , पछि आफुहरुविच 'माया' सम्वन्ध रहन गई उनले घर भित्राएको ति महिलाको भनाई छ ।

दुवै पक्षका अधिवत्ताहरुका अनुसार मेलमिलापबाट मिलाउने धेरै पटकको प्रयासका कारण फैसलामा ढिलाई हुन गएको हो । उनलाई  लाखौं रकम दिएर मुद्धा थुत्न दवाव दिएको उनले गुनासो समेत गर्दै आई रहेकी छिन् ।

उनले रुँदै भनिन –‘ मलाई पैसा ठुलो होईन, मेरो अस्मीताको सवाल र छोराको  अधिकार  खोजेकी हुँ,  यदि मेरो  छोराको उनि वावु होईनन भने को हुन त  अर्को वावु उनले देखाउन सक्नु प¥यो । ’

उनले प्रति प्रश्न गर्दै भनिन–‘  यदि उनले अदालतमा दावी गरे झैं उनको गल्ती नै थिएन भने के का लागि पटक पटक मलाई वकिल मार्फत लाखौं रकम दिन्छु मुद्धा फिर्ता गर भन्दै छन ?  जिल्ला अदालतमा हालसम्म परेका यस्ता मुद्धा मध्ये पुरुषहरुले डिएनए परिक्षणको माग गर्दै महिलाहरुलाई झुलाउने गरेको पाईएको छ ।

त्यस अदालतमा हाल सम्म  चार जना पुरुषले डिएनए परिक्षणको माग गरेको त्यस मध्ये एक जना मात्रै महिलाको पक्षमा डिएनए पास भएको अरु तिन जना पुरुष कै पक्षमा भएको अधिवक्ता गोपाल खनालले बताए । उनले डिएनए परिक्षण मात्रै वलियो प्रमाण हुन नसक्ने  तर्क राखे  ।

अर्का अधिवक्ता विष्णुप्रसाद वलाल डिएनए परिक्षण  वलियो प्रमाण रहेको बताउँ छन् । अधिवक्ता खनाल भन्छन पछिल्लो पटक सर्वोच्चको एक नजिरले डिएनए  नै वलियो प्रमाण हुन नसक्ने देखाएको छ ।  यी महिलाका विपक्षी पुरुषले पनि डिएनए परिक्षणको माग गरेको बताईएको छ ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply