Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विवाहको दिन बहिनी नै अर्की श्रीमति बन्न आएपछि… यस्तो छ नालीबेली

By kit 11 मिनेट पढाइ

प्रेम सुनार/असार–१२, गुल्मी। केहि दिन अघि  विवाहको दोश्रो दिन  विहान रुपन्देहीको एक होटलमा मृत फेला परेका एक युवाको घटना  पछ्याउँदै जाँदा थप रहश्य फेला परेको छ । जेठ २४ गते  राती बुटवलको एक होटलमा सुहाग रातका रुपमा नव दुलही सहित बसेका रुपन्देहीको सियारी गाउँपालिका वडा नम्वर ७ अमुवा हिरागञ्जमा ३२ वर्षिय कर्णबहादुर बुढाथोकी अर्को दिन विहान सोही होटलको काठोमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

उनले झण्डै १५ वर्ष देखि स्थानिय थारु समुदायकी एक युवती संग प्रेम सम्वन्ध राख्दै आएको ति युवतीका दावी छ ।  तर बुढाथोकीले आफ्ना साथीहरु मर्फत उनि बाट पन्छिन चाहेको बताईएको छ । गत एक वर्ष अघि देखि  उनि संग टाढिदै आएको बुढाथोकीलाई गत कार्तिक महिनामा ति युवतीका परिवारजन र आफन्तले जुटाएर मेलमिलाप गराउने प्रयास गरेका थिए ।

स्थानिय समाज सेवी तथा उनै बुढाथोकीका मिल्ने साथी कमल भट्टराईका अनुसार बुढाथोकी त्यस कार्तिक महिनाको छलफलमा  बुढाथोकीले वावुको मृत्यु भएको एक वर्ष पुरा नभएकोले ६ महिना पछि विवाह गर्छु भनेका थिए ।

तर  जेठ–२३ गतेका दिन त्यहाँका वडाध्यक्ष सहितका जनप्रतिनिधी विच भएको छलफलमा बुढाथोकीले ति युवतीलाई विवाह गर्न अस्वीकार गरेका थिए । त्यस पछि ति युवतीले त्यस गाउँपालिकाको उपाध्यक्ष कहाँ पुगेर  बुढाथोकीले आफु संग पटक पटक गरी ६ लाख रुपैयाँ लिएको भन्दै उक्त रकम अशुल गरी पाउँ भनि उजुरी दिएकी थिईन ।

फेरी जेठ २४ गते बुढाथोकीलाई एक्लै पारेर जवरजस्ती विवाह गराएर यस्तो घटना घटेको उनका परिवारजनको आरोप छ । उक्त आरोप झुट भएको ति युवती र उनका पक्षधरहरुको दावी छ ।

के भएको थियो त त्यस रात ?

त्यसरी गाउँबाट श्रीमान श्रीमति बनेर बस्ने भन्दै बुढाथोकीले ति युवतीलाई वाईकमा राखेर हाँस्दै र बाई बाईको हात हल्लाउँदै हिडेका थिए । वुटवल पुगे पछि शिद्धवावा तिर घुम्न गए । त्यहाँ पुगे पछि एउटी महिलाको फोन आयो । म्यासेजहरु पनि आउन थाल्यो ।  उनले विवाह गरेर ल्याएकी उनलाई ढाँट्न चाहेनन ।

उनले भनेका थिए मलाई एउटी महिलाले  मेरो छ महिनाको गर्भ रहेको छ भनेर तनाव दिएकी छ ।  अहिले नै भेटन आउँछु भनेर फोन गरेकी छ । त्यस पछि उनिहरु साँझ ६ वजेतिर त्यस होटलमा आए । १०८ नम्वर कोठा बुक गरे । उनले कमल भट्टराई लगायतका साथीहरुलाई पनि बोलाए । गोल राउण्ड टेवुलमा बस्ने क्रममा ति युवती नर्जिक टाँसिदै कालु तनाव नलिनु अव भनिन ।

त्यही वेलामा फेरी तिनै महिलाको फोन आयो ।  पटक पटकको फोनपछि उनि ति महिलालाई लिन जान बाध्य भएर गए । केहि वेरपछि होटलको त्यही माथी छतमा ति महिला आईन । उसलाई विवाह गर्छस भने मलाई पनि स्वीकार गर नत्र यहि छतवाट हाम फालेर मर्छु भनेर दवाव दिन थालिन । अर्की पनि त्यसै गर्न थालिन । कमल भट्टराई लगायतले  ति महिलालाई झपारेर पठाए ।

त्यस पछि बुढाथोकीले विवाह पार्टीका रुपमा साथीहरुलाई तल लगेर वियर र नास्ता गराए । त्यहाँ हाँसो ठट्टा पनि चल्यो । ति साथीहरु करिव साढे दश वजेतिर त्यहाँबाट हिडेको होटलवालाको भनाई छ । उनि दुई जना सोही कोठामा सुत्न गए ।  विहान करिव ५ वजेको समयमा  सेन्डो मैलो भयो धोई देउ त भनेर दिए बुढाथोकीले । करिव ६ वजेतिर सावुन लगायतका सर समान किन्न पठाए ।

ढोका नखोलेको देखेपछि दुवै जना तल झरेर होटलवालाई आग्रह गरे । स्टाफले ढोका खोलेपछि ति युवती वाहिर निस्कीईन । बुढाथोकी माथी कोठा मै गए । होटलवालाको शव्दमा २० मिनेटपछि उनि समानहरु किनेर आईन । भित्र ढोका हान्दा चुक्कुल लगाएको पाएपछि अत्तालिदै ति महिला तल चक्कु  माग्न आईन । ढोका खोल्न एक्लै हरप्रयास गरिन । अन्ततः ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा देखेर उनले काँधमा बोकेर बचाउने प्रयास गरेको उनको भनाई छ ।

उनै वहिनी थिईन जो अर्की श्रीमति बनेर आईन

बुढाथोकीको विवाह कै दिन अर्की श्रीमति बनेर आउने महिलाको कथा बेग्लै छ । उनका श्रीमान विदेशमा थिए ।  बुटवल नजिकैको एक शहरमा डेरा गरेर बसेकी उनि गत वर्ष वुटवलको एक अस्पतालमा छोराको उपचार गर्न पुगेकी थिईन ।

सोही अस्पतालमा  बुढाथोकीका पिता पनि विरामी परेर भर्ना भएका थिए । जहाँ बुढाथोकी र उनकी दिदीसंग चिनजान भयो । उनले आफ्नै बुवाको रुपमा स्यार सुसार पनि गरिन । त्यस अस्पतालबाट रिफर भई घर ल्याएपछि सिकिस्त परेका वुढाथोकीका पिताले उ मेरी छोरी नै हो बलाई देउ भनेर बोलाईयो ।

उनि आईन घरको सवै कामदेखि  किरिया क्रमको कुनोसम्म पुरै छोरीका रुपमा भुमिका निभाईन । यहाँ सम्मकी उनि मलामी समेत गएकी थिईन । त्यसपछि पनि आउने  जाने घरको सवै काम गर्ने दाजु वहिनी मिलर गर्ने गरे । जुन दाजु वहिनीको सम्वन्ध माथी उनकी प्रेमीका बनेकी ति थारु सामुदायकी महिलाले आशंका गर्न थालिन ।

उनिहरु बढि नै नजिकन थालेको र आफु संग टाढिदै जान थालेपछि उनले ति दुई जनाको हर्कतबारे  विदेशमा रहेका उनका श्रीमानलाई केहि कुरा सहित तस्वीर पठाई दिईन । त्यसले उनिहरु विचको दाम्पत्य जिवनमा असर पुराउँदै गयो । त्यही रिस साँधेर बसेकी तिनै वहिनी बनेकी महिला त्यसरी ६ महिनाको गर्भ सहित श्रीमति बन्न आएकी थिईन । कमल भट्टराई भन्छन कर्ण कै आग्रहमा वुटवलमा त्यसको १५ दिन अघि ति महिलालाई भेट गराईएको थियो ।

त्यस भेटमा वहिनी जस्तो पवित्र नाता जोडेकाहरुले प्रेमी प्रेमीका हौं भन्न लाज लाग्दैन ?  भनेर सवाल पनि उठाईयो । त्यति वेला उनले त्यो गर्भ रहेको कुरा बताईनन । त्यसको १५ दिन पछि जव ति थारु समुदायकी महिलासंग विवाह गरे भन्ने सुनिन तव उनि ६ महिनाको गर्भ छ श्रीमति स्वीकार गर भन्दै आईन ।

यसबाट के देखिन्छ भने आफ्नो श्रीमानलाई कुरा लगाएर घर बिगारेकी ति धारु समुदायकी युवतीसंग रिस साँध्नु । मेरा विगारी भने त्यसको घर पनि हुन दिन्न भन्नु । उनलाई त्यसरी उचाल्नुमा कुनै न कुनै तत्व पनि हावी देखिन्छ । यस घटनालाई वुटवल प्रहरीले गम्भीरता पुर्वक नलिएको परिवारजनको गुनासो छ ।