२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पहिरो र जिविकोपार्जनको लागि वृक्षारोपण

२०७५, १५ असार शुक्रबार ०२:१४

बिरा गडाल | असार १५, बैतडी | पहिरो रोकथाम तथा जिविकोपार्जनको लागि दशरथचन्द नगरपालिका–१, गुरुखोलामा रहेको बकुल्ला पैराड कवुलियती वनमा वृक्षारोपण गरिएको छ । ‘सम्वृद्धिका लागि वन तथा स्वच्छ वातावरण महाअभियान’ अन्र्तगत सरकारले सुरु गरेको राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारी  जिल्ला वन कार्यालयले खाली रहेको वन क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण स्थलमा आयोजित वृक्षारोपण कार्यक्रम बोल्द प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले खाली रहेका क्षेत्रमा वृक्षारोपण गरेर वातावरण सन्तुलन गर्नुका  साथै वन पैदावरबाट स्थानीयको आयस्तर बढने सक्ने समेत टेवा पुग्ने बताए । कवुलियती वन क्षेत्रमा उतिस, टुडी, नेपियर, ओखरलगायतका करिब दुई हजार दुई सय बिरुवा लगायएको जिल्ला वन अधिकृत प्रभात सापकोटाले बताए ।

वन क्षेत्रमा बोट विरुवा नहुँदा उक्त क्षेत्रमा पहिरोको प्रकोप बढदै गएको छ । गाउँमाथि रहेको वन क्षेत्रबाट जाने पहिरोले तल रहेका करिब ५० घर जोखिममा भएकाले वृक्षारोपण गरिएको हो । बिरुवा हुर्केपछि पहिरो रोकथाम, जलाधार संरक्षण र ओखर, डाँलेघासका बिरुवाबाट आयआर्जन गर्न सकिने जिल्ला वन कार्यालयले जनाएको छ ।

 केही वर्ष अघिसम्म हराभरा रहेको वन क्षेत्र फडानीको क्रम बढेपछि सुख्खा डाँडामा परिणत भएको छ । सुख्का डाँडाबाट सडक काटिएपछि गाउँ नै जोखिममा रहेको वडा नम्बर १ का अध्यक्ष भुवनप्रसाद भट्टले बताए । ‘रुख काटने क्रम बढ्यो,’ उनले भने, संरक्षणमा कसैको ध्यान नगएपछि पानीका मुहानसमेत सुक्दै गएका छन् ।’ आर्थिक अवस्था कमजोर भएका १५ परिवारलाक्षर्् समेटेर कवुलियती वन बनाएपछि उनीहरुको आर्थिक अवस्था सुधार हुने बताइएको छ ।  वन क्षेत्रमा डाँले घास हुर्केपछि पशुपालन व्यवसायबाट आम्दानी लिन सक्ने जिल्ला वन अधिकृत सापकोटाले जानकारी दिए । वन क्षेत्रमा रहेका विरुवा हुर्काउन र पहिरो नियन्त्रण गर्न नगरपालिकाले समेत पहल थालेको बताइएको छ ।


माथिको तश्विरमा: राष्ट्रिय वृक्षारोपण दिवसमा बोट रोपेर उद्घाटन गर्दे प्रजिअ सिद्धराज जोशी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी