प्रेम सुनार | असार १५, गुल्मी | गुल्मी जिल्ला प्रहरीले कालिगण्डकी नदीमा टाउको देखि तलको भाग मात्रै रहेको महिलाको शव फेला पारेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका–४ स्थित कालिगण्डकी नदी किनारमा अपरिचित महिलाको शव फेला पारेको हो ।

हिजो दिउँसो करिव १२ वजेको समयमा टेलिफोन मार्फत उक्त शव फेला परेको जानकारी आउन साथ ईलाका प्रहरी कार्यालय जोहाङ्गका चौकी प्रमुखलाई खटाई जिल्ला अस्पतालमा ल्याईएको प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले जानकारी दिए ।

उनले शवको टाउकाको भाग नरहेका र तलको शरिर पनि नग्न रहेकोले अन्दाजी उमेर सम्म भन्न नसकिने बताए । बाग्लुङ्ग, पर्वत र गुल्मीको सिमानामा पर्ने पुर्तिघाट स्थित कालिगण्डकी किनारमा उक्त शव फेला परेको हो । घटनाको अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

स्मरण रहोस केहि महिना अघि सोही स्थानमा गर्भपतन गराउन नमाने पछि एक युवतीलाई प्रेमीले हत्या गरी फालेका थिए । ति युवती बाग्लुङ्गकी थिईन भने हत्यारा प्रेमी पर्वतका थिए ।

गुल्मीमा टाउको नभएको महिलाको शव भेटियो
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment