2026-07-11 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङ प्रहरीले १ सय २० लिटर घरेलु मदिरा नष्ट

सागर भण्डारी/भदौ २१, बागलुङ । जिल्लाको बुर्तिबाङ स्थित इलाका प्रहरी कार्यालय बुर्तिबाङले आज १ सय २० लिटर घरेलु मदिरा जन्य वस्तु नष्ट गरेको छ ।

unnamed (1)

गाउँ गाउँमा उत्पादन गरि बुर्तिबाङ बजारमा विक्री वितरणका लागि ल्याईदै गर्दा प्रहरी गस्तिले बरामद गरेको उक्त मदिरा आज प्रशासन, उद्योग बाणिज्य संघ, गाउँ विकास समिति तथा पत्रकारहरुको रोहवरमा नष्ट गरेको छ ।

करिव एकमहिनाको अवधिमा जिल्लाको पश्चिम अधिकारीचौर, खुँगा, राजकुत, देविस्थान र बुर्तिबाङ गाउँ विकास समितिबाट बुर्तिबाङमा ल्याइदै गर्दा प्रहरीले उक्त मदिरा वरामद गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक युवराज चौधरीले बताउनुभयो ।

विषेश गरि ग्रामीण क्षेत्रका महिलाहरुले घरमा उत्पादन गरेर वजारमा वेच्न ल्याउने गरेको प्रहरी निरीक्षक चौधरीको भनाई छ । मदिरा उत्पादन र वेचविखन कानुन विपरितको कार्य भएको र समाजमा यसले विकृत्ति भित्तयाएको भन्दै विकृति न्यूनिकरणका लागि प्रहरीले यस्तो कार्यलाई निरन्तरता दिइरहने उहाँको भनाई ।

प्रहरीले मदिरा उत्पादन गर्ने, सेवन गरि समाजमा द्धन्द्ध सिर्जना गर्ने तथा सामाजिक सुरक्षा खलविलिने कार्यगरेको पाइएमा कार्वाही अगाडि बढाउने समेत जनाएको छ ।

पछिल्लो समयमा इलाका प्रहरी कार्यलयमा मध्यपान गरेर होहल्ला गरेको, कुटपिट गरेको र अन्य सामाजिक गतिविधि खलवलिने कार्य गरेको उजुरीका आधारमा कार्वाही गर्न थालेपछि बुर्तिबाङ आसपासमायस्ता गतिविधिहरु कम हुँदै गएको समेत प्रहरी कार्यालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट