2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सामुदायीक वन जिविको पार्जनमा जोडिनु पर्ने महासंघ अध्यक्षको भनाई

September 10, 2015

कमल पौडेल/भदौ २४, बागलुङ । सामुदायीक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष प्रेम लामिछानेले सामुदायीक वनलाई जिविको पार्जन संग जोड्नु पर्ने वताउनु भएको छ ।

आज बागलुङको रिघामा रहेको मिलन सामुदायीक वन उपभोक्ता समुहको साधारण सभालाई सम्बोधन गर्दै लामिछानेले सामुदायीक वनवाट आय आर्जनका कृयाकलाप गर्न सकिने र हरेक उपभोक्तालाई उत्पादन संग जोड्न सकिने भएकोले त्यस तर्फ अग्रसर हुन उपभोक्ताहरुलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रमममा सामुदायीक वन उपभोक्ता महासंघ खर्वाङ एरियाका महासचिव ढालेन्द्र शेरचन, इलाका वन कार्यालय खर्वाङका मुकेश कुमार गुप्ता, धौलागिरि सामुदायीक विकास केन्द्र बागलुङका समिर पुन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष रण वहादुर राना, पूर्व अध्यक्षहरु नर वहादुर घर्तिर देवकला सिंजालीलाई सम्मान गरिएको थियो । भेलाले हर्क वहादुर सिंजालीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समितिको पनि गठन गरेको छ ।

जसको उपाध्यक्षमा खिम वहादुर विक, सचिवमा प्रमिला श्रीस, सहसचिव यम वहादुर राना, कोषाध्यक्ष जित वहादुर श्रीस, सदस्य भिमा साही, जुन माया थापा, रत्ना रामजाली, मोतिकला भुजेल, सारदा सिंजाली र सुमन श्रीस रहनु भएको छ ।

कार्यक्रममा अध्यक्ष डम्वर श्रीसले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष नारायण घर्तिले २ लाख ४२ हजार वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम अध्यक्ष डम्वर श्रीसको अध्यक्षता, उपाध्यक्ष यम वहादुर सिंजालीको स्वागत मन्तव्य तथा सदस्य श्याम श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

रिघा गाविसको वार्ड नं. ४, ५, ७ र ८ मा कुल १९.२४ हेक्टर क्षेत्र फलमा फैलिएको सो सामुदायीक वनले जिविको पार्जन सम्वन्धि कार्यक्रम पनि संचालन गर्दै आएको छ । गत आर्थिक वर्ष देखि सो सामुदायीक वनले दुना टपरी उद्योग संचालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक