2026-07-11 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जनता र प्रहरीको सुमधुर सम्बन्धले नै शान्ति शुरक्षा कायम हुन्छ

कमल पौडेल/भदौ २४, बागलुङ । बागलुङ जिल्लामा हालचालै सरुवा भएर आउनु भएका प्रहरी नायव उपरिक्षक चक्र बहादुर सिंह लेजनता र प्रहरी विचको सुमधुर सम्बन्धले नै शान्ति सुरक्षा कायम हुने बताउनु भएको छ ।

जिल्लाका विभिन्न प्रहरी चौकीको अवलोकन गर्दै विहिवार मध्य पश्चिमको खर्वाङ आइपुग्नु भएका सिंहले जनता बर्दि विनाका प्रहरी र प्रहरी वर्दि सहितका जनता भएकोले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्दै सबैलाई भय रहित वातावरण निर्माणमा सवैको समान दायित्व हुने वताउनु भएको छ ।

सिंहले आफू बागलुङमा आयपछि राजनैतिक दलहरुको विचमा जिल्लाको शान्ति सुरक्षालाई मजवुद बनाउन सकारात्मक पहल भएको पाएको समेत वताउनु भएको छ । आफूले आफ्नो मातहतका सम्पूर्ण सुरक्षा निकायलाई दोसिलाई कडा कार्वाहि गर्न र निर्दोशलाई कुनै खालको दुःख नदिन निर्देशन दिएको वताउनु भएको छ ।

एक फरक प्रसंगमा जिल्लामा चाडवाड संगै यातायातका साधनले चर्को भाडा असुल्ने र व्यापारीहरुले खाद्य सामाग्रिको भाउ चर्को लिने गरेको स्थानिय वासिन्दाहरुको गुनासोलाई मध्यनजर गर्दै समस्या समाधानको लागी तत्काल पहल गर्ने वताउनु भएको छ ।

प्रहरी चौकी खर्वाङको आयोजनामा भएको सो भेटघाट कार्यक्रममा नेकपा एमाले धौलागिरि अञ्चल कमिटिका पूर्व सदस्य सुनिल शेरचन, नेपाली काग्रेस दगातुन्डाडाका सभापति सुवेदार रत्न वहादुर क्षेत्रि, एकिकृत नेकपा माओवादी दगातुन्डाडाका इन्चार्ज नारायण धिताल, रेडियो सारथीका स्टेसन म्यानेजर विष्णु भुसाल, दगातुन्डाडा गाविसका पूर्व अध्यक्ष मित्र वहादुर पुन, त्रिभुवन उच्च मावि खर्वाङ विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शेर वहादुर पुन, वडा नागरिक मञ्च वार्ड नं. ७ का संयोजक झविलाल थापा, लगाएतले आआफ्नो धारण व्यक्त गर्नु भएको थियो ।
छलफलका क्रममा प्र.ना.उ. सिंहले खर्वाङ प्रहरीचौकीलाई स्तर उन्नतीको लागी आफुले पहल पहल गर्ने वताउनु भएको छ । स्थानियले द्धन्द्धकाल देखिनै प्रहरी चौकी स्तरउन्नती माग गर्दै आएपनि हाल सम्म सुनुवाई भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट