प्रेम सुनार/असार २१, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका भित्रको एक दलित बस्तीमा जनप्रतिनिधीहरुले ल्याएको परिवर्तनका रिर्पोटिङ्ग गर्न पुग्दै गर्दा एक जना बृद्धलाई त्यो परिवर्तनको मतलव नै थिएन । उनले ११ वर्षकी छोरी २० वर्षको केटासंग विहे गरेर गएको टन्टो ( चिन्ता ) मात्रै गरिरहेका थिए ।

t:jL/M !! jlif{of lt jflnsf ljjfx u/L lx8] kl5 lrGtg ub}{ To; pn]{gL ufpFsf jf;LGbf

त्यस नगरपालिका वडा नम्वर ९ अर्लाङ्गकोट स्थित उर्लेनी दलित बस्तीको कुरा हो यो । विकास निर्माण तर्फको रिर्पोटिङ्ग गर्न त्यस वस्तीमा पुगेको यस रिर्पोटरलाई ति वृद्धको त्यही कचकचले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै लागि रहेको थियो ।

सोध्धै छु एउटा कुरा, उनि अर्को कुरा दोहराउँदै भन्छन –‘ ए हजुर पहिला मेरो कुरा त सक्न दिनुस् , मेरो छोरी त होईन वितेको मेरो भाई कि छोरी हो , मैले पालेको थिएँ तर २० वर्षको केटा संग ११ वर्षकी त्यो छोरी अँस्ती ब्या ( विहे ) गरेर हिडी हजुर के गरम ?’

त्यसरी नावालिका छोरीले विहे गरेर हिडेको चिन्ता गर्दै थिए ५५ वर्षिय तिर्थ बिकले । उनको नागरिकताको नाम उनको कुनै एक सत्रु –वैरी लाग्ने कालिन्दारले गालीगलौज गरेर राखी दिएको रहेछ । जुन सञ्चार माध्यममा उल्लेख गर्दां उनको ठुलो अपमान हुन्छ ।

त्यसरी असार १७ गते छिमेकी जिल्ला वाग्लुङ्गको गल्कोट नगरपालिका वडा नम्वर ८ थालेपोखराका १८ वर्ष उमेर बताईने दलबहादुर बिक संग विहे गरेर जाने वालिका थिईन अनुजा बिक ( नाम परिवर्तन )

आश्चर्य लाग्यो । साँच्ची होला र ? भनेर त्यस दलित बस्तीका अगुवा नन्द बिकलाई सोधियो । उनले भने–‘हो त नि, ललाई फर्काई ११ वर्ष पुगेर भर्खर १२ मा टेकेकी ति वालिकालाई बिहे गरेर लगेको पुष्टि भई सकेको छ । ’

पत्रकार आउने भने पछि स्थानियवासी धेरै जना जुटेका थिए । अरुको चिन्ता पनि उनै वालिका विहे गरेर गएको प्रति थियो । धेरै महिलाले भन्दै थिए त्यति सानी वालिका कसरी विहे गरेर जान सके होलिन भनेर ।

गत वर्ष मात्रै त्यस गाउँकी १४ वर्षकी अर्की वालिका विहे गरेर जाँदा चकित परेका त्यस टोलका मानिसहरु ११ वर्षकी वालिका आफै विहे गरेर जाँदा थप चकित परेको देखिए । ति १४ वर्षको उमेरमा विहे गर्ने उनि त्यसको सात दिन नपुग्दै सम्वन्ध विच्छेद गरेर माईतीमा अलपत्र परेकी छन अहिले ।

उनले गला अवरुद्ध पार्दै भनिन–‘ सवैले फकाए केरे, राम्रै होला भनेर गएँ, त्यहाँ पुग्दा मन नपरे पछि फर्केर आईकी हुँ । ’ उनलाई शान्तिपुरस्थित विवाह गरी लैजाने संग कोठामा जान भनेको तर आफुले नमानेर झुण्डिएर मर्छु भने पछि माईती फर्किने वातवरण बनेको बताईन ।

वडा सदस्य फुलमति बिक भन्दै थिईन उनि आफु खुशी विहे गरेर गईन र आफु खुशी नै एक हप्तामा सम्वन्ध विच्छेद गरिन । त्यस दलित वस्ती सुधार कार्यक्रमका अध्यक्ष समेत रहेका नन्द बिक भने त्यो स्वीकार गर्दैनन ।

उनि भन्छन्–‘ यी दुवै वालिकाहरु भित्रि मनले चाहेर गएका होईनन । कसैले ललाई फकाई गरेर पठाएका हुन । यसको अन्त्य हुनै पर्छ । यहाँका अभिभावकहरुले २० वर्ष ननाघे सम्म छोरीको विहे गराउने गरेका छैनन । लौन यो कुरा सञ्चार माध्यममा राखी दिनु पर्यो । ता कि ललाई फकाई वालविवाह गराउनेहरु चम्कीन्थे कि ( डराउँथे कि ) ?’

टेलिफोनमा ति वालिकासंग सम्पर्क राख्दा उनले १६ वर्षे बैंसको ध्वाँसा दिईन । उनले भनिन कसले भन्यो ११ वर्ष ? म त १६ वर्षकी भएँ । मैले पहिल्लैदेखि केटालाई माग्न पठाउन खोजेकी थिएँ । तर घरमा कसैले दिन मानेन , त्यसैले म आफै राजीखुशी हिडेकी हुँ । हाम्रो पहिल्लै देखि सम्वन्ध थियो । उहाँ अहिले ढुङ्गा बोक्न जानु भएको छ । दुख पाए मात्र म तपाईहरुलाई खोज्न आउने छु । हामीलाई छुटाउने कोशिस कसैले नगरुँन ।’

त्यस वडा नम्वर ९ मा उनको जन्म दर्ता हेर्दा पनि उनको उमेर ११ वर्ष १० महिना भएको रहेछ । २०६३ साल भदौं २५ गते जन्मिएको उक्त जन्मदर्तामा उल्लेख छ ।

उनका वावु आमाको उनि सानै छँदा मृत्यु भएपछि उनि जेठा वुवाको संरक्षणमा हुर्किदै आएकी थिईन । उनको शारिरक बिकास पनि गत वर्ष विहे गर्ने ति १४ वर्षकी वालिकाको भन्दा धेरै कम र अवोध देखिन्छ ।

उनले धेरै पहिला देखि ति युवा संग सम्वन्ध थियो अर्थात प्रेम सम्वन्ध थियो भन्दा उनको उमेर त्यस्तो सम्वन्धको १० वर्षको उमेर देखि भएको देखिन्छ । पुरानो पिढीका छोरीहरुलाई अभिभावकले जवरजस्ती ९ , १० वर्षको उमेरमा विवाह गराई दिने र वाउ आमाको नाक राख्न कै लागी कष्टकर रुपमा कहरले घर गर्ने गर्दथे ।

तर अहिले त्यही उमेरका छोरीहरु रहरले आफै विहे गर्न थाल्नुलाई युगले दिएको शाररिक विकास र विपरित लिङ्ग प्रतिको उत्कट आकर्षण भनेर ब्याङ्ग गर्न थालिएको छ । केहि दिन अघि गुल्मी कै एक प्रहरी चौकीमा केटीले केटो भगाई भन्ने उजुरी परेको थियो ।

यसबाट अव केटाले केटी होईन, केटीले केटो भगाउने चलन आउन थालेको संकेत मिलेको छ । ति वालिकाले पनि असार १५ गते केटा झिकाएर भागेकी थिईन । उनका ससुराले उनि असार १७ गते वुहारी बनेर घर भित्रिएको बताएका छन् ।

‘११ वर्षकी छोरी २० वर्षको केटासंग हिडी हजुर, के गरम ?’
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment