Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बैतडीका अस्पतालमा मौसमी बिरामीको चाप

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार २२, बैतडी | वर्षायाम लागेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा मौसमी बिरामी यो समयमा बढी पुग्ने गरेका हुन् ।

दैनिकजसो ६० देखि ७० जना बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका अस्पतालका मेडिकल अधिकृत डा देवेन्द्र लेखकले बताउनुभयो । डा लेखकका अनुसार छातीसम्बन्धी, झाडापखाला, आउँ, पेट दुख्नेलगायतका बिरामी अस्पतालमा बढी आउने गरेका छन् ।

यस्तै, ज्वरो, रुघाखोकीका बिरामी पनि धेरैजसो यो समयमा अस्पतालमा उपचारका लागि पुग्ने गरेका डा लेखकले बताउनुभयो । उहाँले भन्नुभयो “वर्षायाममा मौसम परिवर्तन भइरहने भएकाले अघिपछिको तुलनामा धेरै बिरामी हुने गरेका छन् ।”

खानपान, सरसफाइलगायतका कुरामा ध्यान दिनाले यस्ता रोगबाट बच्न सकिने डा लेखकको भनाइ छ । यो समयमा पिउने पानीमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । यसका साथै जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीको समेत अभाव भएका कारणले बिरामी बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला अस्पताल बैतडीमा आउने बढीजसो बिरामीमा महिला, बालबालिका तथा वृद्धवृद्धा रहेका छन् । गर्मी समयमा जिल्लाका अधिकांश स्थानमा पानीको अभाव हुँदा र सरसफाइमा ध्यान नदिँदासमेत बिरामीको संख्या बढ्दै गएको बताइएको छ ।

जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढ्दै गएका सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् । गर्मी मौसममा खानपिन र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव रहेको छ । रासस