१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

संविधान निर्माण भएकोमा बागलुङ्गेले राजधानिमा खुसियाली मनाए

४ आश्विन २०७२, सोमबार २३:३४

कृष्ण कँडेल/असोज ५, काठमाण्डौ संविधानसभाबाट नेपालको संविधान निर्माण भई घोषणा भएकोमा राजधानी काठमाण्डौमा वस्ने बागलुङ्गेले खुसियाली मनाएका छन । सिङ्गो बागलुङ्ग संघर्ष समिति काठमाण्डौको आयोजनामा त्रिचन्द्र क्याम्पसमा भएको कार्यक्तममा बागलुङ्गबाट प्रतिनिधित्व गर्ने सभासद्को उपस्थितीमा कार्यक्रम गरिएको हो । सो अवसरमा संविधान बनेको खुसियालीमा औपचारिक कार्यक्रम, नाचगान र चियापान सहित हर्सोल्लास मनाईएको थियो । बागलुङ्गवासीहरु सार्वभौम संविधानसभाबाट संविधान बन्दा जति खुसी देखिन्थे त्यो भन्दा बढी खुसी सिङ्गो बागलुङ्गलाई ४ नम्वर प्रदेशमा समावेश भएकोमा । कार्यक्रममा उपस्थित सम्पुर्ण राजधानीवासी बागलुङ्गेको अनुहारमा खुसिको रेखा प्रष्ट देखिन्थ्यो । उनीहरु मिनि नेपालको पहिचान भएको बागलुङ्गलाई ४ नम्वर प्रदेशमा राख्ने अभियानम सफल भएकोमा निकै हर्षित थिए ।

कार्यक्रममा बोल्दै सभासद् तथा नेपाली काग्रेशका केन्द्रिय सदस्य रत्ना शेरचनले नयाँ संविधानले सम्पुर्ण नेपालीहरुको अधिकार सुनिष्चित गरेको भन्दै अव कार्यान्वयनमा जुट्नुपर्ने बताउनुभयो । शेरचनले नेपालको संविधान २०७२ दक्षिण एसियामै उत्कृष्ट रहेको बताउनुभयो । सभासद् शेरचनले बागलुङ्गवासीको आन्दोलन र सभासद्को दवावले सिङ्गो बागलुङ्गलाई प्रदेश नम्वर ४ मा राख्न सफल भएको बताउनुभयो । उहाँले जनताले निर्वाचि गरेर आफुलाई दिएको जिम्मेवारी पुरा गर्न पाएकोमा सवैभन्दा खुसि लागेको बताउनुभयो ।
सभासद् नरबहादुर थापाले सम्पुर्ण बागलुङ्गवासी एकजुट भएकै कारण मिनि नेपालको पहिचान भएको बागलुङ्गलाई सिङ्गो राख्ने सपना साकार भएको बताउनुभयो । उहाँले अव जिल्लाको विकाशमा पनि सवै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । थापाले जताका प्रतिनिधि र जिल्लावासीको माग वुझेर संसोधन प्रश्ताव मार्फत सम्वोधन गरेकोमा मुख्यदलका शिर्ष नेताहरुलाई समेत धन्यवाद दिनुभएको थियो ।

सभासद् प्रकाश शर्मा पौडेलले नयाँ संविधानमा सम्पुर्ण नेपालीका अधिकार प्रतिविम्वीत भएको भन्दै संविधान बन्नु नेपाल र नेपालीका लागि एैतिहाँसिक उपलब्धि भएको बताउनुभयो । सभासद् पौडेलले संविधानको कार्यान्वयन तर्फ संकेत गदै नेपालको भावि रुपरेखाको बाटो बनेको र त्यसमा हिँडेर गन्तव्यमा पुग्न वाँकी नै रहेको बताउनुभयो ।

सभासद्हरुले सडक आन्दोलन देखि नेतालाई घच्घचाउने सम्मको अभियानले पुर्णता भएको भन्दै बागलुङ्ग टुक्रिएको अवस्थामा जनताले सभासद्को भुमिको प्रती उठाएको प्रश्नमा सहि निर्णयमा पुग्न पहल गर्न सकेकोमा बास्तवमै जनताको प्रतिनिधि भएको सावित गर्न सकेको दावि गरेका थिए । अभियानमा सम्पुर्ण बागलुङ्गवासी तथा धौलागिरीका सम्पुर्ण सभासद्को समर्थन रहिको भन्दै उनिहरु प्रतिपनि आभार व्यक्त गरेका छन ।

उद्योग बाणिज्य संघ बागलुङ्गक सदस्य सञ्जयकुमार श्रेष्ठले सिङ्गो बागलुङ्गलाई प्रदेश नम्वर ४ मा पार्न सफल भएकोमा खुसि व्यक्त गर्दै अव एैतिहाँसिक, संस्कृतिक तथा प्रकृतिक पहिचान भएको गलकोटलाई निर्वाचन क्षेत्र बनाउँदा एउटै बनाउने अभियान सुरु गर्नुपर्ने बतउनुभयो । उहँले भौगोलिक रुपमापनि एकत्रित भएको गलकोट यसअघि खण्डीत गरिएकोमा रोश प्रकट गर्नुभयो ।

कार्यक्रममा नखिवोट माहिला विकाश मञ्चका अध्यक्ष श्रीमायाँ श्रीस, त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति विष्णुृ पौडेल र वाल्मिकी क्याम्पसका पुर्व सभापती लक्षमण आचार्यले बागलुङ्गको पहिचान वचाउन सकेकोमा खुसि व्यक्त गरेक थिए ।

सिङ्गो बागलुङ्ग संघर्ष समिति काठमाण्डौका संयोजक मञ्जेशवम मल्लले सार्वभौम संविधानसभाबाट प्रगतिशिल संविधान आउनु स्वागतयोग्य भएकोमा खुसियाली बाँड्दै सवैमा शुभकामना ब्यक्त गर्नुभएको थियो । संयोजक मल्लले सिङ्ग बागलुङ्ग बचाउ अभियानमा लाग्नुहुने जिल्लावासी, सभासद् तथा मागको सम्वोधन गर्ने शिर्ष नेतालाई धन्यवाद दिनुभएको थियो ।

सिङ्गो बागलुङ्ग संघर्ष समिति काठमाण्डौका संयोजक मञ्जेशवम मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी नेता डिल्लिराम सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पतिपत्नी सवार मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, २ जना घाइते मादीनदी पुलको काम अन्तिम चरणमा चेपाङ समुदायको उत्थानका लागि चिउरीका बेर्ना वितरण ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ इन्डोनेसियाका लागि १९ प्रतिशत कर लाग्ने ट्रम्पको भनाइ भालु देखिएपछि जापानको गल्फ प्रतियोगिता पुनः रद्द थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शाही मानहानिको मुद्दाको बचाउ गर्दै अदालतमा आइसल्यान्डको ज्वालामुखी २०२३ देखि नवौँ पटक विस्फोट हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’ अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्छ : राष्ट्रपति पौडेल स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष : दातृ निकायको सहयोग कटौतीले चुनौती २०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने : सर्वोच्च अदालतको फैसला वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या “भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे” किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन् अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध बेनीको शिरमा ‘रावण पार्क’ नेपाल-भारत सीमानाका बन्द हुने “‘मिसाइल देऊ, मस्को सिध्याउँछु’ — जेलेन्स्कीको जवाफमा ट्रम्पको उत्साहित”,” रुस भन्छ चिन्ता छैन “