2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पत्रकार महासंघ बागलुङ्गका अध्यक्ष राजभण्डारी सशक्त लेखन पत्रकारीता पुरस्कारबाट सम्मानित

कृष्ण कँडेल, असोज ६, काठमाण्डौ । नेपाल पत्रकार महासंघ बागलुङ्ग साखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी सशक्त लेखन पत्रकारीता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

baglung1
अध्यक्ष राजभण्डारी प्रेस काउन्सिल नेपालको ४६ औँ बार्षिकोत्सवको अवसरमा काउन्सिले प्रदान गर्ने राष्ट्रिय पुरस्कार ‘सशक्त लेखन पत्रकारीता पुरस्कार’ बाट सम्मानित हुनुभएको हो । आज काठमाण्डौको तिलगंगा स्थित एयरपोर्ट होटेलमा भएको काउन्सिलको बार्षिकोत्सव समारोहमा प्रधानन्यायाधिस काल्याण श्रेष्ठले अध्यक्ष राजभण्डारीलाई सम्मान गर्नुभएको हो ।

baglung2
सम्मानित भएपछि उहाँले पत्रकारिता जीवनमा पाएको पहिलो राष्ट्रिय पुरस्कारले आफुलाई थप जिम्मेवारीवोध र उत्साहित बनाएको प्रतिक्रिया दिनुभयो । अध्यक्ष राजभण्डारीले बागलुङ्गकै माटोमा जन्मिएर नेपालको न्याय सेवाको सर्वाेच्च पदमा पुग्न सफल हुनुभएका प्रधानन्यायाधिस कल्याण श्रेष्ठको हातबाट सम्मानित हुन पाउँदा धेरै खुसी भएको भन्दै उहाँको निर्विवादित नैतिक चरित्र र अव्वल निर्णय क्षमताले आफुलाई प्रभावित गरेको बताउनुभयो ।

baglung3
विद्यार्थी कालमै पत्रकारीतामा रुचि राख्ने राजभण्डारीले २०४६ सालमा विज्ञान भित्ते पत्रिका प्रकाशन गर्नुभएको थियो । २०५५ सालमा बागलुङ्ग साप्ताहिकबाट आफ्नो पत्रकारिता यात्रा सुरु गर्नुभएका उहाँले २०६५ सालमा कार्यकारी सम्पादक भएर काम गर्नुभएको थियो । २०६९ सालमा ढोरपाटन राष्ट्रिय दैनिकको प्रवन्ध सम्पादक र २०७१ सालमा बागलुङ्गबाट प्रकाशन सुरु भएको निलगिरी सन्देश आर्थिक साप्ताहिकको सम्पादक बन्नुभएको थियो ।
उहाँले २०५६ सालमा धौलागिरीकै पहिलो दैनिक पत्रका न्युधौलागिरी दैनिकको कार्यकारी सम्पादकको जिम्मेवारीमा रहेर समेत काम गर्नुभएको थियो भने काठमाण्डौबाट प्रकाशन हुने समावेसी मासिक पत्रिकाको सहसम्पादकको रुपमा काम गर्नुभएको थियो । राजभण्डारी नेपाल पत्रकार महासंघ बागलुङ्ग साखाको साधारणसदस्य, २०६४ सालमा सचिव, २०६७ सालमा उपाध्यक्ष हुँदै २०७० सालदेखि अध्यक्ष रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई