2026-09-01 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जंगलमा माओवादीले लुकाएर राखेको हतियारहरु भेटियो

प्रेम सुनार | असार २४, गुल्मी | गुल्मी जिल्ला प्रहरीले यहाँको एक घनघोर जंगलमा तत्कालिन माओवादीले लुकाएर राखेको एक थान राईफल  र सकेट वमहरु फेला पारेको छ । 

जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ४, अर्खबाङ्गमा तीन वटा सकेट बम र एउटा बन्दुक फेला परेको हो  । अर्खबाङ्गका दुई फरक स्थानमा बम र बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुराग कुमार द्धवेदीले जानकारी दिए ।

खानेपानीको पाइप गाड्ने क्रममा स्थानीय बामदेव अर्यालको खरेनमा कम्व्याड कपडाले बेरेको अवस्थामा तीन थान सकेट बम फेला परेको द्धवेदीले बताए । बम फेला परेको १० मिटर तल ओडारमा हर्नेट बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले बम फेला परेपछि अस्थायी प्रहरीपोष्ट अर्खबाङ्गलाई खबर गरेका थिए । सोहि अर्खबाङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद खनालको नेतृत्वमा गएको प्रहरीको टोलीले नजिकै खोजतलास गर्दा बन्दुक पनि फेला पारेको थियो ।

सो बम र बन्दुक द्धन्द्धकालमा गाडेर राखेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । बम डिस्पोजलका लागि बिरभद्रजंग गुल्म धागीधुमबाट नेपाली सेनाको टोली घटना स्थल तर्फ लागेको गुल्मपति जनमत कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली