2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमालेको काँधमा जिम्मेवारीसंगै चुनौती : नेपाली

govinda nepaliकमल पौडेल । कात्तिक १४, बागलुङ (खर्वाङ) । नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले एमालेको काँधमा जिम्मेवारी संगसंगै चुनौती र अवसर आएको वताउनु भएको छ ।

नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा खर्वाङ भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नयाँ संविधानले गणतन्त्रलाई संस्थागत गरेको भन्दै संविधानको प्रयोगवाट देशलाई सम्वृद्ध वनाउनु पर्ने वताउनु भएको छ । नेपालीले राजनैतिक अधिकार प्राप्त गरेको भन्दै अवको विषय आर्थिक सम्वृद्धिको रहेको वताउनु भएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष श्रीप्रसाद शर्माले कार्यकर्ताहरुलाई संगठन निर्माणमा लाग्न निर्देशन दिनुभएको छ । त्यस्तै कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् पूर्व सदस्य प्रेम खरेल, नेकपा एमाले अञ्चल कमिटि सदस्य सुनिल शेरचन लगाएतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला कमिटि सचिवालय सदस्य विष्णु भुसालको अध्यक्षता, जिल्ला सल्लाहकार परिषद् सदस्य मेयरसिंह पाईजाको स्वागत मन्तव्य तथा नेकपा एमाले जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचनको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नौ गाविसका गाउँ कमिटिका पदाधिकारी तथा जनसंगठनका प्रमुख हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई