२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमै यस्तो ठाउँ जहाँ गाईको मासु खाईन्छ तर बाख्रालाई पुजिन्छ

२०७५, २४ असार आईतवार १५:३०

प्रेम सुनार | असार १४, बुटवल | नेपाली हिन्दु संस्कारमा गाईको मासु खाने समुदायलाई घृण गरिन्छ । गाई काट्नेहरुलाई कडा कार्वाहीको माग पनि गरिन्छ । अरु समुदायले गाईलाई गौमाताका रुपमा पुज्ने  पनि गर्र्छन  ।

तर, त्यसै धर्मका यस्ता पनि समुदाय छन बरु गाईको मासु खालन तर बाख्राको मासु खाँदैनन ।  हाल सम्म ओझेलमा परेको यस्तो  रोचक खवर छ कि जुन गाउँमा बाख्रालाई माताका रुपमा पुज्ने गरिन्छ  ।  वाख्रा र उसको सन्तान  खसी बोका काटेर खाने कल्पना समेत गर्न सकिन्न  ।

यो अनौठो र ओझेलमा परेको खवर हो गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्वर ४ , साविकको फोक्सीङ्ग  गाविसको । त्यस गाउँका  राना थरका मगरहरुले बाख्रा र त्यसका सन्तानहरु काटेर मासु नखाने गरेका हुन ।  त्यस गाउँमा चितौरे थरका राना मगरहरुले ४ सय वर्ष अघि देखि वाख्रा, खसी र बोका काटेर मासु नखाने गरेको  त्यस गाउँका ८० वर्षिय समाज सेवी पुर्णबहादुर रानाले बताए ।


यस्तो छ पौराणिक कथा

आज भन्दा करिव ४ सय वर्ष अघि त्यस राना परिवारकी एक महिला सुत्केरी भईन । सन्तान जन्माएको केहि दिन मैं उनको मृत्यु भयो । त्यस पछि ति नवजात शिशुलाई बचाउन गाह्रो भयो । उनलाई बाख्राको दुध खुवाइर बचाईयो ।

पुर्णबहादुर राना भन्छन त्यस पछि बाख्रालाई आमा अर्थात माताका रुपमा पुज्न थालिएको हो । उनका अनुसार त्यस चितौरे तरका राना फोक्सीङ्गमा एक  गाउँमा १४ छन भने अर्को टोलमा करिव १० घरधुरी रहेका छन । त्यसका अलवा वुटवलमा वसाई सराई गरेका २२ घर धुरी छन । ति सवै घरधुरीका नयाँ पिढिले समेत बाखा्रा , खासी र बोकाको मासु खाँदैनन ।

विसावाईसे उमेरका त्यहाँका युवा ऋषि राना भन्छन–‘ दशै पुजामा मैले दर्जनौ पाडाहरुको वली चढाएँ यहि हातले तर वाख्रा काट्ने कुरा मैले कल्पना समेत गर्न सक्दिँन ।

‘वाख्रालाई हामी आमा ठान्छौं , उनले थपे–‘कसैले लुकी चोरी देश विदेशमा खाए पनि उसलाई अपसकुन भएको छ । त्यसका थुप्रै उदाहरणहरु रहेका छन । एक जनाले विदेशमा बाख्राको मासु खाए पछि यता घरमा उनका परिवारले सपनामा देखे ।

उनलाई नराम्रो भयो । फेरी अर्का एक जनाले कुल–धर्म छाडेरै क्रियश्चन धर्म मान्न थालेका छन् । ’ उनका अनुसार त्यस समुदायले वाख्रा पाल्छन तर काटनका लागि भनेर बेच्दैनन ।

जसका घरमा माछा मासु पसाल्नै हुन्न

त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ९ साविकको अर्लाङ्गकोट गाविस ददल्का गाउँका टिकानिधी खरालको घरमा जिज्यु वाजे देखि कुनै प्राणीको मासु भित्र पसालेका छैनन ।  ७४ वर्षिय खराल कुनै पनि प्राणीलाई काटेर हत्या नगर्न हात जोडेर विन्ति गर्छन ।

उनि मुटु भक्कानाउँदै भन्छ –‘ हामी मानवलाई कसैले काटे मारे हाम्रो आत्मा कति दुख्छ ? त्यस्तै हरेक प्राणीको आत्मा पनि त्यस्तै हो , मैले सवै संग हात जोड्छु , कसैले पनि कसैको हत्या गरेर मासुमा नरमाऔं ।  उनले आँशुका ढिंका खसाल्दै भने –‘ जुन प्राणीलाई हत्या गरिन्छ , उसका पनि त छोरा छोरी , आमा बुवा र सन्तान , आफन्तहरु हुन्छन , कति रुँदा  हुन विचरा……..।

जिज्यु वाजेको पाल देखि अपसकुन भए पछि कुनै पनि प्राणीको हत्या गरी घर भित्र   मासु पसाल्न नहुने गरेको उनले बताए । त्यही उमेरको हाराहारीमा रहेकी उनकी धर्म पत्नी कृष्णकुमारीले पनि जन्मे देखि अहिले सम्म माछा मासु नखाएको बताईन ।

छोराहरु कृष्ण प्रसाद खराल  र सुदन खराल भन्छन –‘ हामी त देश विदेशमा गएर मासु खान सिकियो तर घर भित्र पसाल्ने कल्पना समेत गर्न सक्दैनौं ।  घर बाहिर मात्रै खाने गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी