२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

असला माछाको मुल्य प्रतिकिलो ५ हजार

२०७२, १९ कार्तिक बिहीबार ०२:१४

कात्र्तिक १९, बाग्लुङ । बागलुङको दरमखोलामा पाइने असला माछा सुकाएर बेच्दा प्रतिकिलो रु. पाँच हजारमा बिक्री हुने गरेको छ । आलो माछाको मूल्य भने प्रतिकिलो रु पाँच सय रहेको छ । दुई वर्षअघि रु तीन हजार पर्ने ‘सुकुटी माछा’को मूल्य अहिले बढेर रु पाँच हजार पुगेको हो । सुकेको माछाको माग र रोजाइृ बढेपछि मूल्य पनि बढेको हो ।

asala fish
छुट्टिमा नेपाल आएकाले जापान लगायतका मुलुकमा जाँदा सुकुटी लिएर जाने प्रचलन नै बसेको छ । विदेशमा रहेका आफन्तलाई पठाउने आकर्षक कोसेली पनि सुकेको माछा बन्ने गरेको छ । गाउँमा भन्दा विदेश लैजानेले महङ्गो मूल्य तिरेर माछा किन्ने गरेको मल्म–६ आँगाखेतका व्यवसायी बाबुराम केसीले बताउनुभयो ।

“सुकाएको माछाको माग अत्याधिक छ,”उहाँले भन्नुभयो– “जापानमा बाहेक काठमाडौँ, पोखरासम्म पुग्ने गरेको छ ।” स्वादका हिसावले असला माछा ग्राहकको रोजाईमा पर्ने गरेको व्यवसायीको भनाइ छ । दरमखोलाको माछा यस क्षेत्रमै प्रख्यात छ । पासा थापेर र जाल हानेर मारेका माछालाई व्यवसायीले आलै र सुकुटी बनाएर बेच्ने गरेका छन् । जिल्लाको मल्म र काँडेबास क्षेत्रमा मात्रै दैनिक ५० जनाभन्दा बढी व्यक्तिले माछा मार्ने गर्छन् । माछा मार्ने व्यक्ति केहीले आफँै सोझै उपभोक्तालाई बेच्ने गर्छन् भने केहीले कम मुनाफा राखेर अर्को व्यवसायीलाई बेच्ने गरेका छन् । सुकेको माछाको माग बढ्दै गएपछि मूल्य पनि वृद्धि हुँदै गएको हो ।

दसैँ मान्न घर आउनुभएका मल्म–६ का प्रशान्त थापाले जापान फर्कँदा सुकुटी माछा लैजान किनेर जोहो गरिसकेको बताउनुभयो । जापानमा दरमखोलाको माछा सबैका लागि महत्वको ‘चीज’ बन्ने गरेको उहाँको भनाइ छ ।

स्थानीय उपभोक्ता तथा होटल–रेष्टुराँमा जाने ग्राहकका लागि पनि माछा रोजाईमा पर्ने गरेको मल्म–७ बाँस्खोलाका व्यवसायी मनराज रानाले बताउनुभयो । माछा मार्न सकियो भने बिक्रीको लागि कुनै समस्या छैन उहाँले भन्नुभयो ।

खोलामा बम हान्न, विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनले पनि अनाधिकृतरुपमा माछा मार्ने कार्यलाई रोक्न निगरानी बढाएको छ ।

दरमखोला आसपासका क्षेत्रमा बसोबास गर्ने कतिपय परिवारको जीविका माछा मार्ने रहेको छ । माछा मार्ने र माछाका परिकार उपलब्ध गराउने होटल–रेष्टुराँका व्यवसायीले पर्याप्त आम्दानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ