२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

इलाका प्रहरी कार्यालय बुर्तिबाङमार्फत विपत राहत कोषमा १ लाख ८५ हजार संकलन

२०७२, २९ कार्तिक आईतवार ०९:२८

सागर भण्डारी । कार्तिक २९, बागलुङ । इलाका प्रहरी कार्यालय बुर्तिबाङमार्फत बुर्तिबाङमा स्थापना गरिएको विपत राहत कोषमा १ लाख ८५ हजार रकम संकलन भएको छ ।

इलाका प्रहरी कार्यालयले गलत काम गरि आएकालाई कार्वाही गरेपछि कार्वाही हुने नागरिकले उक्त कोषमा रकम जम्मा गर्दै आएका छन् । विपतमा परेका नागरिकहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको राहत कोषमा एक वर्षको अवधिका उक्त रकम संकलन भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक युवराज चौधरीले बताउनुभएको छ ।

यसैबीच गत कार्तिक २६ गते राती बुर्तिबाङ बजारबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउपरेका १३ जनाबाट बरामद गरिएको ८४ हजार ७ सय रुपैयाँ समेत आजै पक्राउ परेकाहरुले उक्त राहत कोषमा संकलन गरेका छन् । जुवा खेल्दै गर्दा पक्राउ परेकाहरुले अधिकतम ३१ हजार ४ सय १० देखि न्युनतम १ सय ५५ रुपैयाँसम्म जम्मा पारेको बताइएको छ ।

जुवाको खालमा भेटिएका १३ जनालाई आज स्थानीय राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी समाजसेवीहरुको आग्रहमा इलाका प्रहरी कार्यालयले छोडिएको छ । उनीहरुलाई अव त्यस्तो काममा आफूहरु संलग्न नहुने प्रतिवद्धता सहित कागज गरि छाडिएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

स्मरणीय छ जुवामा संलग्न भएकाहरुले आज इलाका प्रहरी कार्यालय बुर्तिबाङ परिसरमा रहेको भगवती मन्दिरमा अव दे्खि कहिल्यै जुवा तास नखेल्ने, मदिरा सेवन नगर्ने भन्दै पालै पालो लाईनमा लागेर माफी मागेका छन् । बुर्तिबाङ तथा यस आसपासमा अत्यधिक रुपमा मध्यपान गर्ने र सामाजिक शान्ति सुरक्षामा खलल पुग्ने काम बढदै गएपनि नेपाल सरकारको कानुनी दायराभित्र रहेर प्रहरीले यस्तो काम गर्ने गरेको प्रहरी कार्यालयले जनाएको छ । कही कतै जुवा खेलेको, मदिरा उत्पादन र बेचविखन गर्ने गरेको वा मदिरा सेवन गरि होहल्ला गर्ने गरेको पाइएमा इलाका प्रहरी कार्यालयकमा जानाकारी दिन समेत सर्वसाधारणलाई आग्रह गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो