2026-09-18 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

‘जनताको संविधान जनताकै माझमा’ अभियान धौलागिरीमा पुस १२ गते हुने

कृष्ण कँडेल, मंसिर २७, गलकोट / नेपाल सरकारले नयाँ संविधानको प्रचार प्रसारको लागि सञ्चालन गरेको राष्ट्रिय अभियान धौलागिरीमा अगामि पुस १२ गतेदेखि सुरु हुने भएको छ । ‘जनताको संविधान जनताकै माझमा’ भन्ने मुख्य नाराका साथ सरकारले सञ्चालन गरेको अभियानको धौलागिरीमा पुस १२ उपप्रधान, सहकारी तथा गरिवि निवारण मन्त्री चित्रबहादुर केसीले सुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । नेपाल सरकारले यहि मंसिर २१ गते काठमाण्डौमा कार्यक्रम गरि संविधान प्रचार राष्ट्रिय अभियान सञ्चालन गरेको हो ।

नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले जिल्ला स्तरको कार्यक्रम सञ्चालनमा समन्वयको जिम्मेवार स्थानिय विकास अधिकारीलाई दिएको छ । बागलुङका स्थानिय विकास अधिकारी भरत गौतमले पुस १२ गते अञ्चल स्तरिय संविधान प्रचार अभियानको सुरुवात गरिने र त्यसपछि जिल्ला तथा गाविस स्तरका कार्यक्रम तय गरि सञ्चालन गरिने जानकारी दिनुभएको छ ।

उपप्रधान सहकारी तथा गरिवि निवारण मन्त्री चित्रबहादुर केसीले नयाँ संविधानले जनतालाई अधिकार नदिएको भन्दै भ्रम सृजना गरिएकाले संविधनमा समेटिएका जनताका अधिकार तथा संविधानको सार स्थानिय नागरिकको दैलोसम्म पु¥याउन अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री केसीले नयाँ संविधान पुर्ण लोकतान्त्रिक र संसोधनको लचकता सहितको भएकाले समय अनुसारका आवश्यकतालाई संविधान संसोधन मार्फत समावेश गर्न सकिने बताउनुभयो । उहाँले नयाँ संविधानले लोकतन्त्रलाई सुदृढिकारण र गणतन्त्रलाई संस्था गत गरेको जानकारी दिनुभयो । केसीले संविधान जारी भएपछि नयाँ संविधानमा भएका विषयलाई यस अघि कहिल्यै नलगिएको भन्दै जनतालाई वुझाउने अभियान नयाँ भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई