2026-09-14 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका सामुदायिक विद्यालयल लेखा परीक्षण गराउँदैनन्

असार २७, बैतडी | जिल्लाका अधिकांश सामुदायिक विद्यालयले लामो समयसम्म लेखा परीक्षण गराएका छैनन् । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रराज अवस्थीका अनुसार धेरैजसो विद्यालयले लेखा परीक्षण नगरेको पाइएको हो । 

उहाँले भन्नुभयो, “विद्यालयल आफैँले लेखा परीक्षकको नाम सिफारिश गरेर यस पठाउनुपर्नेमा त्यसो नगरेकाले यस इकाइले नै लेखा परीक्षकका लागि दर्खास्त आह्वान गरेको छ । विद्यालयले हरेक आर्थिक वर्षको अन्त्यमा लेखा परीक्षण प्रतिवेदन बनाउनुपर्ने कुरा शिक्षा ऐनमै उल्लेख भएको इकाइ प्रमुख अवस्थीले बताउनुभयो । 

जिल्लाका ४१८ आधारभूत विद्यालय र १२३ माविमध्ये एक÷दुई विद्यालयले मात्रै नियमितरुपमा लेखा परीक्षण गरेको विद्यालय निरीक्षक शंकरदत्त जोशीले बताउनुभयो । सामुदायिक विद्यालयले समयमै लेखा परीक्षण नगर्दा विभिन्न खालका समस्या देखापरेका छन् । 

जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराजले भन्नुभयो, “शिक्षण संस्था पारदर्शीताको पाठ पढाउने संस्था भएकाले ती संस्थाले समयमै लेखा परीक्षण गराउन आवश्यक रहेको छ ।” 

सरकारको कमजोरीका कारण लामो समयसम्म पनि लेखा परीक्षण हुन नसकेको चनैराज माध्यमिक विद्यालय श्रीकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भट्टले बताउनुभयो । “विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नहुँदा यस्तो समस्या आएको हो”, उहाँले भन्नुभयो, “लेखापालले नै शिक्षण गर्नुपर्दा समस्या बढेको हो ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ