२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दमेक गाविसको २४ औं गाउँ परिषद् सम्पन्न

२८ पुष २०७२, मंगलवार ०७:५३

केदार शर्मा, पुस २८, बागलुङ । बागलुङ–दमेक गाविसको २४ औं गाउँ परिषद् मङलवार सम्पन्न भएको छ । परिषदले गत आर्थिक बर्षको खर्च अनुमोदन, चालु आर्थिक बर्षको बजेट वितरण र आगामि आर्थिक बर्षका लागि बजेट प्रस्ताव गरेको छ । गाविसमा आयोजित परिषदले आर्थिक वर्ष दुई हजार ७३–७४ को लागि विभिन्न शिर्षकमा प्रस्तावित १८ लाख वजेट विनियोजन गरेको छ ।

जसमध्ये महिला लक्षित तर्फ १ लाख ८६ हजार ९४ , वालवालिका तर्फ १ लाख ८६ हजार ९४ ,त्यस्तै गरी कृषि तर्फ दुईलाख ७९ हजार १५ रुपयाँ, दलित तर्फ १ लाख १० हजार, जनजाति तर्फ १ लाख १० हजार अपाङग तर्फ १५ हजा्र, जेष्ठ नागरिक तर्फ १५ हजर, पिछडा वर्ग तर्फ १५ हजार रुपया र अवलोकन भर्मणको लागि १४ हजार १ सय ७१ रुपँया विनियोजन गरीएको छ । त्यस्तै गाविसमा विभिन्न आर्थीक सामाजिक विकास निमार्ण गर्न डहरे खेति बनहुँ सुन्तलाचौर को लागि २ लाख, कृष्ण प्रथमिक विध्यालय देखि बागखोर सम्म २ लाख रुपायँ र सुन्तलाचौर देखि कालापाताल फुलडाँडा सम्म मोटरवाटो निमार्णको लागि १ लाख ८० हजा्र रुपयँ विनियोजन गरीएको छ ।

कार्यक्रममा नेपालि कंग्रेस दमेक गाउँ कार्यसमितका सभापति लक्ष्मी सापकोटा, नेकपा एमालेको तर्फवाट प्रतिनिधि बेद बहादुर छन्त्याल, एकिकृत नेकपा माओवादिका प्रतिनिधि नारायण प्रसाद सापकोटा, राष्ट्रिय जनर्मोचाका गाउँ कमिटि अध्यक्ष शालिग्राम सापकोटा, लगाएत गाविसमा रहेका विभिन्न सञ्जालका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिय ।

यसै विच कार्यक्रमकै अवसरमा गाविसमा नव आगन्तुक सचिव दुर्गा प्रसाद शर्मालाई स्वागत तथा गाविसवाट सरुवा भई जानुभएका गाविसका पुर्व सचिव तेज प्रसाद न्युरेलाई विदाई गरीएको थियो । गाविस सचिव दुर्गा प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न परिषदमा स्वगत मन्तव्य सदस्य हेम कुमार आचार्य क्षेत्रि र कार्यक्रमको सञ्चालन कार्यलय सहायक कृष्ण प्रसाद सापकोटा ले गर्नु भएको गर्नु भएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग जुनसुकै देशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला