2026-09-18 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोटमा कृषि उपजको प्रदर्शनी

tarkariकृष्ण कँडेल । माघ १, गलकोट । कृषि उत्पादन तथा पशुपालको प्रबद्र्धनका लागि कृषि तथा पशु विकास समिति हरिचौरको आयोजनमा कृषि प्रदर्शनी भएको छ । कार्यक्रममा बोल्दै जिल्ला कृषि विकाश कार्यालय बागलुङका बागवानी विकाश अधिकृत महिमा बज्राचार्यले गलकोट क्षेत्र कृषि उत्पादन र पशुपालका हिसाब धेरै सम्भावना भएकाले व्यवसायिक कृषि कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

बागलुङको हरिचौरमा भएको गलकोट क्षेत्र स्तरिय कृषि प्रदर्शनीमा गौतम कृषि फर्म मल्म प्रथम, फलफुल तथा तरकारी उत्पादन समुह हरिचौर द्वितिय र दुदिलाभाटी कृषि विकास समिति तृतिय भएका छन् । पशुपालन शिर्षकमा गरिएको लोकगित तथा नृत्य प्रतियोगितामा कृषि तथा पशुपालन समिति दुदिलाभाटी प्रथम, सृजना फलफुल तथा तरकारी समुह हरिचौर द्वितिय र गहुँवाली उत्पादन कृषक समुह हरिचौर तृतिय भएका छन् ।

कृषि उपजको प्रदर्शनीमा कृषकहरुले उत्पादन गरेका विभिन्न तरकारी तथा अन्नबाली, विउविजन, फलफुल, तरुल, घिउ, उखु लगायतका कृषि उत्पादन राखिएको थियो । कृषि तथा पशु विकास समिति हरिचौले गरेको दुवै प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्वितियले ३ हजार र तृतियले २ हजार नगद प्राप्त गरेको पशुसेवा केन्द्र हरिचौरका प्रविधिक चिन्तामणी शर्माले जानकारी दिनुभयो । कृषि उपजको प्रदर्शनीमा हरिचौर, हटिया, मल्म, दुदिलाभाटी र हिलका कृषि समुह तथा कृषकहरु गरि २५ समुहले भाग लिएका थिए । कार्यक्रममा कृषि प्रदर्शनीमा २५ ओटा स्टल राखिएको थियो । लोकगित तथा नृत्य प्रतियोगिताम १८ समुहको सहभागिता रहेको थियो । दुवै प्रतियोगिताम सहभागी सम्पुर्ण समुह तथा कृषकलाई १ हजार रुपैयाँ सान्वता पुरस्कार प्रदान गरिएको कृषि तथा पशुविकाश समिति हरिचौरका अध्यक्ष गणेश खत्रीले जानकारी दिनुभएको छ ।

कर्यक्रमलाई जिल्ला कृषि विकाश कार्यालय बागलुङ र पशुसेवा केन्द्र हरिचौरले प्राविधिक तथा आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई