२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोटमा कृषि उपजको प्रदर्शनी

१ माघ २०७२, शुक्रबार १४:३६

tarkariकृष्ण कँडेल । माघ १, गलकोट । कृषि उत्पादन तथा पशुपालको प्रबद्र्धनका लागि कृषि तथा पशु विकास समिति हरिचौरको आयोजनमा कृषि प्रदर्शनी भएको छ । कार्यक्रममा बोल्दै जिल्ला कृषि विकाश कार्यालय बागलुङका बागवानी विकाश अधिकृत महिमा बज्राचार्यले गलकोट क्षेत्र कृषि उत्पादन र पशुपालका हिसाब धेरै सम्भावना भएकाले व्यवसायिक कृषि कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

बागलुङको हरिचौरमा भएको गलकोट क्षेत्र स्तरिय कृषि प्रदर्शनीमा गौतम कृषि फर्म मल्म प्रथम, फलफुल तथा तरकारी उत्पादन समुह हरिचौर द्वितिय र दुदिलाभाटी कृषि विकास समिति तृतिय भएका छन् । पशुपालन शिर्षकमा गरिएको लोकगित तथा नृत्य प्रतियोगितामा कृषि तथा पशुपालन समिति दुदिलाभाटी प्रथम, सृजना फलफुल तथा तरकारी समुह हरिचौर द्वितिय र गहुँवाली उत्पादन कृषक समुह हरिचौर तृतिय भएका छन् ।

कृषि उपजको प्रदर्शनीमा कृषकहरुले उत्पादन गरेका विभिन्न तरकारी तथा अन्नबाली, विउविजन, फलफुल, तरुल, घिउ, उखु लगायतका कृषि उत्पादन राखिएको थियो । कृषि तथा पशु विकास समिति हरिचौले गरेको दुवै प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्वितियले ३ हजार र तृतियले २ हजार नगद प्राप्त गरेको पशुसेवा केन्द्र हरिचौरका प्रविधिक चिन्तामणी शर्माले जानकारी दिनुभयो । कृषि उपजको प्रदर्शनीमा हरिचौर, हटिया, मल्म, दुदिलाभाटी र हिलका कृषि समुह तथा कृषकहरु गरि २५ समुहले भाग लिएका थिए । कार्यक्रममा कृषि प्रदर्शनीमा २५ ओटा स्टल राखिएको थियो । लोकगित तथा नृत्य प्रतियोगिताम १८ समुहको सहभागिता रहेको थियो । दुवै प्रतियोगिताम सहभागी सम्पुर्ण समुह तथा कृषकलाई १ हजार रुपैयाँ सान्वता पुरस्कार प्रदान गरिएको कृषि तथा पशुविकाश समिति हरिचौरका अध्यक्ष गणेश खत्रीले जानकारी दिनुभएको छ ।

कर्यक्रमलाई जिल्ला कृषि विकाश कार्यालय बागलुङ र पशुसेवा केन्द्र हरिचौरले प्राविधिक तथा आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र