१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अत्यावश्यक औषधिको सहज आपुर्ती

२ माघ २०७२, शनिबार १४:२०

कृष्ण कँडेल । माघ २, गलकोट । गलकोट क्षेत्रको सबैभन्दा ठुलो सरकारी स्वास्थ सस्था गलकोट प्राथमिक स्वास्थ केन्द्रमा औषधीमा सहजता भएको छ । भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण औषधि नआउदा गल्कोट प्राथमिक स्वास्थ केन्द्रमा करिब २ महिनासम्म अत्यावश्यक औषधिको अभाव देखिएको थियो । नाकाबन्दिमा केहि सहजता भएपछि औषधी ढुवानी गर्न सजिलो भएका कारण जिल्ला तह सम्म आईपुगेका औषधी गलकोट भित्रीएको छ ।

प्राथमिक स्वास्थ केन्द्रमा ५७ प्रकारका औषधी आवश्यक हुने भएपनि करिब ५० प्रकारका औषधी जिल्ला अस्पताल बागलुङबाट ल्याईएको केन्द्र प्रमुख डाक्टर त्रिभुवन भण्डारीले बताउनुभयो । नाकाबन्दिले गर्दा केन्द्रमा सुत्केरी सामग्री देखि चिरफारका औजार, सुई लगायतको अभाब हुदा बिरामीहरुलाई समस्या पर्ने गरेको थियो । अहिले स्वास्थ केन्द्रमा सामान्य देखि सुत्केरी भएपछि हुनसक्ने सम्भावित रक्तश्राव रोक्न प्रयोग हुने लगायतका औषधीको सहजता भएको केन्द्रका सिनियर अहेव अधिकृत प्रकाश शर्माले बताउनुभयो । भारतले गरेको नाकाबन्दिका कारण करिब २ महिना सम्म औषधीमा चरम अभाव हुदा दैनिक दजर्नौ बिरामीहरुलाई निजी स्वास्थ्य संस्थामा जानुपर्ने वाध्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश