2026-09-18 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अत्यावश्यक औषधिको सहज आपुर्ती

कृष्ण कँडेल । माघ २, गलकोट । गलकोट क्षेत्रको सबैभन्दा ठुलो सरकारी स्वास्थ सस्था गलकोट प्राथमिक स्वास्थ केन्द्रमा औषधीमा सहजता भएको छ । भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण औषधि नआउदा गल्कोट प्राथमिक स्वास्थ केन्द्रमा करिब २ महिनासम्म अत्यावश्यक औषधिको अभाव देखिएको थियो । नाकाबन्दिमा केहि सहजता भएपछि औषधी ढुवानी गर्न सजिलो भएका कारण जिल्ला तह सम्म आईपुगेका औषधी गलकोट भित्रीएको छ ।

प्राथमिक स्वास्थ केन्द्रमा ५७ प्रकारका औषधी आवश्यक हुने भएपनि करिब ५० प्रकारका औषधी जिल्ला अस्पताल बागलुङबाट ल्याईएको केन्द्र प्रमुख डाक्टर त्रिभुवन भण्डारीले बताउनुभयो । नाकाबन्दिले गर्दा केन्द्रमा सुत्केरी सामग्री देखि चिरफारका औजार, सुई लगायतको अभाब हुदा बिरामीहरुलाई समस्या पर्ने गरेको थियो । अहिले स्वास्थ केन्द्रमा सामान्य देखि सुत्केरी भएपछि हुनसक्ने सम्भावित रक्तश्राव रोक्न प्रयोग हुने लगायतका औषधीको सहजता भएको केन्द्रका सिनियर अहेव अधिकृत प्रकाश शर्माले बताउनुभयो । भारतले गरेको नाकाबन्दिका कारण करिब २ महिना सम्म औषधीमा चरम अभाव हुदा दैनिक दजर्नौ बिरामीहरुलाई निजी स्वास्थ्य संस्थामा जानुपर्ने वाध्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई