३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ्ग ईलाका नम्बर–४ को योजना तर्जुमा बैठक, सडक निर्माण प्राथमिकतामा

७ माघ २०७२, बिहीबार १५:०४

कृष्ण कँडेल, माघ ७, गलकोट । बागलुङ्गको ईलाका नम्बर–४ को ईलाका स्तरिय योजना तर्जुमा बैठक सडक निर्माण अयोजनालाई प्राथमिकतामा पारेर सकिएको छ ।

ताराखोलामा भएको बैठकले ग्रामिण सडक तर्फ विहुँ रिजालचोक, अमरभुमि अर्गल हुँदै ताराखोला जोड्ने सहिद मार्गलाई पहिलो र मध्यपहाडी लोकमार्गमा हरिचौर हिल हुँदैताराखोला जोड्ने दोस्रो प्राथमिकताम राखिएको छ । निर्वाचन क्षेत्रपुर्वाधार विकाश कार्यक्रम अन्तरगत पाँच ओटा सडक योजनालाई प्राथमिकिकरण गरिएको छ । ताराखोला म्याग्दी मोटरबाटो पहिलो, हिल घुस्मेली अर्गल हुँदै म्याग्दी जोड्ने मोटरबाटोलाई दोस्रो, अमरभुमि भुस्कात माझखर्क मोटरबाटो तेस्रो, सहिद थिरबम मोटरबाटो हरिचौर मल्म टोकरी पाण्डवखानी मोटरबाटो चौथो र हिल घुम्टेलेक पर्यटकिय मोटरबाटोलाई पाँचौ प्राथमिकताम राखिएको छ ।

ग्रामिण खानेपानी तथा सरसफाई अन्तरगत ताराखोलामा सञ्चालित पश्चिम नेपाल खानेपानी परियोजना पहिलो, हल्पुखोला खापा अर्गल दोस्रो र हरिचौर खापा तेस्रो प्राथमितामा परेको जिविस बागलुङ्गका प्रसासन प्रमुख ससबहादुर पुनले जानकारी दिनुभयो । कार्यक्रममा सम्पुर्ण राजनैतिक दलको तर्फबाट नेपाली काग्रेश बागलुङ्गका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्यायले स्थानिय समस्याको पहिचान गरि योजना निर्माण र प्राथमिकिकरण गर्नुपर्नेमा जोड दिनुभएको थियो । यससँगै गलकोटको दुदिलाभाटी र नरेठाँटी बाहेक अन्य गाविस समावेश ईलाकाको योजना तर्जमा वैठक सकिएको छ । ईलाका नम्पर ९ को पाण्पबखानीमा, ८ को हटियामा र ४ को ताराखोलामा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन