2026-08-29 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन र साफेबगर नगरपालिकामा श्रद्धाञ्जली सभा

साउन ६, अछाम | मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराले धरान उपमहानगरपालिकाका प्रमुख तारा शुब्बाको निधनले आफु र मंगलसेन नगरबासी अत्यन्तै दुखित भएका बताउनु भएको छ । यही साउन १ गते सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका नगरप्रमुख तारा सुब्बाको असामयिक निधन भएको थियो । 

मंगलसेन नगरपालिकाले आयोजना गरेको सोक सभामा बोल्दै नगरप्रमुख बोहराले उहाँको निधन प्रति सोक ब्यक्त गर्नु भयो । सोकसभा कार्यक्रममा उपप्रमुख सरिता उपाध्याय, बिभिन्न वडाका वडाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । नगरपालिकाले शुब्बाको निधन प्रति सोक ब्यक्त गर्दै कार्यालयको कामकाज आधा घण्टा बन्द गरेको थियो । यस्तै धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको सम्झनामा साफेबगर नगरपालिकाको आयोजनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न  भएको छ । 

धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको २०७५ साल साउन ०१ गते  ५२ बर्षको उमेरमा  उपचारको क्रममा काठमाडौ को ग्रान्डि अस्पतालमा निधन भएको थियो । श्रद्धाञ्जली सभामा स्वर्गीय तारा सुब्बाले विकास निर्माणमा गरेको अतुलनिय योगदानको प्रशंसा गर्दै फोटोमा माल्यार्पण गरिएको थियो । 

शोकसभामा बोल्दै साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले धरान महानगरपालिकाका प्रमुख सुब्बाको फोटोमा माल्यार्पण गर्दै  स्वर्गीय सुब्बा एक धरानका होनाहार योद्दा मात्र नभई देशकै विकास प्रेमि भएकाले उहाले लिएको विकास निर्माणको सपना सबै नगर प्रमुखले आत्मा साथ गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा भएको सभामा नेकपाका नेता प्रकाश शाह, नेपाली काङ्ग्रेसका सुरत कुवर, उपप्रमुख बिरमला बुड्थापा लगाएतको सहभागीता रहेको थियो । श्रद्धाञ्जली सभाको संचालन प्रबक्ता बालगिरि कुवरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ