2026-08-29 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वर्गिय हरिप्रसाद भण्डारीको सम्झनामा ठुलासैनमा स्मृति पार्क र शालिक बनाईदै

होम साउद | साउन २४, अछाम । मंगलसेन नगरपालिका ६ हरिनगर (ठुलासैन) मा समाजसेवी स्वर्गिय हरिप्रसाद भण्डारीको सम्झनामा स्मृति पार्क र भण्डारीको शालिक निर्माण गरिने भएको छ । ठुलासैनलाई मंगलसेन नगरपालिका र अछामको मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अवधारण अनुसार नगरपालिकाले ठुलासैनमा हरिप्रसाद स्मृति पार्क तथा स्वर्गिय हरिप्रसाद भण्डारीको शालिक निर्माण गर्न लागेको हो । 

२०२४ सालमा तत्कालिन जिल्ला पञ्चायतका सभापति भण्डारी २ जिल्ला (डोटी र दैलेख) मा बिभाजित अछामलाई अलग जिल्ला बनाउन भुमिका खेल्ने मध्येका एक योद्धा हुन भने आफु सभापति भएकै बेला २०२४ सालमा अछाममा गाडि पुगाँउने ब्याक्ति हुन । जिल्लाको विकासका लागि सबैभन्दा पहिला सडक संजाल संग जोडिनुपर्छ भन्ने मान्यता सहित चिसापानी जंगलघाट हुदै मंगलसेन सम्म जनसहभागितामा सडक निर्माण गरि रसियन जिप सदरमुकाममा पुगाँउनुभएको थियो ।

समाजसेवा, जनताको हित र राष्ट्रप्रतिको उनको लगाबका कारण तत्कालिन राजा महेन्द्रबाट गोरखा दक्षीणबाहु पदकले सम्मानित समेत भएका हरिप्रसाद भण्डारीको योगदानलाई पछिल्लो कुनैपनी निकायले कदर गर्न नसकेको अवस्थामा मंगलसेन नगरपालिकाले स्मृति पार्क र शालिक निर्माण गरि सम्झीने प्रयास गरेको छ । स्मृति पार्क र शालिकका लागि गत आर्थिक वर्षमा ४ लाख लागतमा घेरापर्खाल र केही आधारभुत संरचना तयार गरिएको छ भने चालु आर्थिक वर्षमै सबै संरचना तयार गरिसक्ने गरि करिब १८ लाखको स्टमेट बनाईएको स्थानीय अगुवा हर्क भण्डारीले बतााउनुभयो ।

 ठुलासैन त्यसैपनी सुन्दर र रमणिय ठाउँ भएको र नगर मार्फत पनि पर्यटन प्रर्बद्धनका गतिबिधिहरु गरेर पर्यटन हवका रुपमा विकास गर्दै लैजाने गरि यो कार्यको थालनी गरिएको वडानम्वर ६ का वडा अध्यक्ष जनकराज भण्डारीले बताँउनुभयो । शालिक र स्मृति पार्कंसंगै ठुलासैनमा पर्यटन विकासका लागि सेल्फी डाँडा, भ्यू टावर र अन्य पर्यटन पूर्वाधारहरु निर्माण गरिने मंगलसेन नगरपालिकाले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग संगै जोडिएको ठुलासैनलाई पर्यटनका हिसावले विकसित बनाई मंगलसेन आउँने हरेक मान्छेलाई एकपल्ट ठुलासैन पुग्ने माहोल बनाउनका लागि पनि पर्यटन संरचना आवस्यक रहेको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ