Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बैतडीमा जटिल प्रसूति सेवा बन्द

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>&nbsp;<b>साउन २६, बैतडी ।</b> बैतडी जिल्ला अस्पतालमा छ वर्षदेखि सञ्चालनमा रहेको जटिल प्रसूति सेवा बन्द गरिएको छ । उक्त सेवा बन्द हँुदा शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्थाका महिला भारत तथा छिमेकी जिल्ला अस्पताल जान बाध्य छन् ।&nbsp;</p><p>आफू गभर्वती भएको आठ महिनामै ब्यथा लागेपछि उक्त अस्पतालमा जचाउन आउँदा पेटमा उल्टो अवस्थामा बच्चा देखिनुका साथै बच्चाभन्दा सालनाल अगाडि रहेको पाइएको र आफूलाई यहाँ उपचार हुन नसक्ने भनेकाले डडेल्धुरा जिल्ला अस्पताल पुगेर बच्चा जन्माउनु परेको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटकी सुनिता विष्टले बताउनुभयो ।&nbsp;</p><p>आर्थिक अवस्था राम्रो भएका व्यक्तिले बाहिर गएर पनि उपचार गराउन सक्छन् तर गरीबका लागि भने निकै समस्या भएकाले सम्बन्धित निकायले तत्काल यस विषयमा ध्यान दिनुपर्नेमा सोही स्थानका गणेश विष्टले जोड दिनुभयो ।&nbsp;</p><p>केही महिनादेखि बिरामी परेका एनेस्थेसिया असिस्टेन्ट दुई महिनाअघि निधन भएकाले एनेस्थेसिया दिइ शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचार गराउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा जगदीशचन्द्र विष्टले बताउनुभयो । एनेस्थेसिया असिस्टेन्टको व्यवस्थाका लागि स्वास्थ्य सेवा विभागमा लिखित र मौखिकरुपमा जानकारी गराए पनि अहिलेसम्म कुनै पहल नभएको उहाँले जानकारी दिनुभयो ।(रासस)&nbsp;</p>