Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीका मुसहर समुदायमा सामाजिक चेतना बढ्दै

२०७५, २६ श्रावण शनिबार ०६:१३

साउन २६, बर्दिवास | महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ डोठाराका मुसहरले सामाजिक चासो बढाउन थालेका छन् । 

आफ्नो मालिकले अह्राएको काम गरेर पाएको बनी (पारिश्रमिक) बाट दुईछाक टार्नबाहेक कुनै कुरामा चासो नराख्ने मुसहर अब भने शिक्षा, स्वास्थ्य र अन्य सामाजिक काममा चासो राख्न थालेका हुन् । 

शिक्षा, स्वास्थ्य र विभिन्न अवसरबाट पछि परेका यो बस्तीका मुसहर नेपाल रेडक्रश सोसाइटी महोत्तरी शाखाको सहयोगले नानीहरुलाई पढाउन थालेका छन् । चेतनामा अत्यन्तपछि परेका यहाँका मुसहर अब धमाधम चर्पी बनाउन थालेका छन् । 

‘बिहान कमाएर (बनी गरेर) ल्यायो, बेलुका भुटेर खायो’ आहानमा उभ्याइने मुसहर अतिरिक्त कमाउने, सञ्चय गर्ने, आफ्नो अधिकार खोज्ने वा कुनै गुनासो गर्ने कुरामा पुरै बेखबर रहने जातिका रुपमा परिचित छन् । खेती मजदूरी (कृषि मजदूरी) गुजाराको मुख्य पेशा रहेको यो जाति अब नियमित राजनीतिक प्रशिक्षण, सामाजिक सङ्घ संस्थाको लगातारको प्रयत्न र चासोले सार्वजनिक मञ्चमा देखिन थालेका लोहारपट्टी नै घर भएका प्रदेशसभा सदस्य जानकीशरण साह बताउनुहुन्छ । 

पछिल्लो चरणमा रेडक्रश महोत्तरी शाखाले यो बस्तीमा नियमित नेतृत्व विकास, जीविकोपार्जन र खानेपानी एवं सरसफाइका लागि विशेष तालीम नै सञ्चालन गरेको छ । गत वर्षको बर्खे भेलले बस्ने र खाने ठाउँ गुमाएका मुसहरका १२६ जना नानीहरुलाई रेडक्रश महोत्तरी शाखाले शैक्षिक सामग्रीसहितका झोला दिएको छ । मुसहर बालबालिका काखीमा कापी, कलमसहितको झोला भिर्न पाएपछि दङ्ग पर्दै नियमित बिद्यालय जान थालेका छन् । 

कृषि कार्यको मजदूरी गर्ने मुख्य व्यवसायका मुसहरलाई रेडक्रशले आयआर्जनका सानातिना काम सञ्चालन गर्न १८० परिवारलाई रु १५ हजार रकम सहयोग गरेको छ । यो रकमबाट मुसहर महिलाले काँसका डाली बुन्ने, सानो किराना पसल चलाउने र केही युवाले चनाचटपटे बनाएर बेच्ने गरेका र केहीले बाख्रापालन गर्न थालेका छन् । यो सहयोग सानो भए पनि मुसहरलाई वैकल्पिक रोजगारी खोज्न भने सहयोगी बनेको छ । रेडक्रशको सहयोगले अब भने हामी पनि यसै समाजका रहेछौँ भन्ने लाग्न थालेको लोहारपट्टीकै मुसहर समुदायका अगुवा शिव सादाले बताउनुभयो । 

जिल्लामा ३३ हजारको हाराहारी जनसङ्ख्या रहेको मुसहर समुदाय शिक्षामा निकै पछि परेको छ । यो समुदायबाट अहिलेसम्म एससीइई उत्तीर्ण गरेकाको सङ्ख्या १५ ननाघेको शिक्षा विकास समन्वय एकाइ महोत्तरीले जनाएको छ । तर सामाजिक सङ्घ संस्था, राजनीतिक दल, स्थानीय तह र अन्य सम्बद्ध तह निकायले थालेका निरन्तरको प्रयत्नले यसपालि भने मुसहर समुदायका झण्डै दुई हजार बालबालिका विद्यालय भर्ना भएका एकाइ प्रमुख सत्रुधन यादवको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ