2026-08-29 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

युवा सहभागिताका लागि स्थानिय सरकारले ठोस योजना बनाउनु पर्ने माग

कमल रावल | साउन २७, अछाम । युवा सहभागिता बिनाको बिकास सम्भव नभएको एक कार्यक्रमका सहभागिले बताएका छन । बिकासका हिस्सेद्धार युवा भएकाले बिकास निर्माणका काम युवालाई अगाडी बढउनु पर्नेमा सरोकारवालाले जोड् दिएका हुन । 

अन्तराष्ट्रिय युवा दिवस २०७५ को अवसरमा सदरमुका मंगलसेनमा भएको बिकास र समृद्धिका लागि युवाको भुमिका बिषय बहस कार्यक्रममा सहभागिले बिकाससंगै समृद्धि जोडिएकाले अबको लगानि युवामा हुनुपर्नेमा उनिहरुको जोड् रहेको थियो । अब स्थानिय सरकारले युवासहभागिता सहीतको योजना अघि सारे मात्र परिवर्तन सम्भव भएको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कवरले स्थानिय स्तरमै रोजगारको सृजनाको लागि जिल्लाका १० वटै स्थानिय सरकारसँग आफ्ले समन्वय गर्दै अगाडी बढ्ने बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथी समन्वय समिती उपप्रमुख टेप बहादुर रावलले बिकासका सँवाहक युवा भएकाले युवामा लगानी गर्नुपर्ने बताउनु भयो । अब सरकारले नै ठोस योजनाका साथ अघि बढनु पर्नेमा उहाँको जोड् रहेको थियो । 

कार्यक्रमको अर्का बिशिष्ट अतिथी मंगलसेन नगरपालीका प्रमुख पदम बहादुर बोहराले आफ्नो नगरले यो बर्षबाट ७ सय जनालाई रोजगारको सृजना गरेको बताउनु भयो । उपभोक्ताबाट चरम रकम दुरुपयोग हुने गुनासो बढ्काले युवालाई रोजगारिको सृजना आफ्नो नगरले गरेको जानकारी दिनु भयो । आफुले जनतामाझ गरेको बाचा अनुसार ७ सय मात्र नभएर आफ्नो कार्यकालमा ५ हजार युवालाई रोजगार दि सक्ने समेत प्रतिबद्धता जनाउनु भएको थियो । बिशिष्ट अतिथी अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले समाज परिवर्तनका मार्गदर्शक युवा भरुकाले बिकास र समृद्धिमा अग्रसर हुनु पर्नेमा जोड् दिनु भएको थियो । विगतमा दिनमा जिल्लामा युवा स्वरोजगरका रकम हिना मिना भएको रकम असुलीका लागि समेत पहल भईरहेको जानकारी दिनु भयो ।

युवाका लागि सुरक्षित स्थान भन्ने नाराका साथ भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बोहरा, नेपाली काग्रेसका महेश जैसि, नेपाल कम्युनिष्ट पार्टी विप्लवका निरक शाही, मंगलसेन नगरपालीका उपप्रमुख सरिता उपाध्याय, अछामका प्रहरी प्रमुख डिएसपि रुकेश तण्डुकार, मगलसेन नगरपालीका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना लगाएतका अतिथी रहनु भएको थियो । कार्यक्रममा जिल्ला युवा समिती अछामका प्रमुख लक्ष्मण गिरि र युएनएपपिए अछामका प्रमुख भरत गोतामेले वर्तमान अबस्थामा युवाका अबस्था, गरेका प्रगती र गर्नु पर्ने लगानीका बिषयमा कार्यपत्र पेश गर्नु भएको थियो । 

कार्यक्रमका सहभागि युवाले अतिथीलाई युवालाई रोजगारका कार्यक्रम कसरी सिर्जना गर्न सकिन्छ भन्ने बिषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै जिल्ला युवा संञ्जाल अछामका अध्यक्ष होम साउदले समग्र अछामी युवाका नेतृत्व बिकासलागि आफ्नो संञ्जाल जहीले पनी लागि परेको बताउनु भयो । युवालाई स्वरोजगार क्षेत्रमा अग्रसर गराउनका लागि आफ्नो पहल जारी रहने बताउनु भयो । बहस कार्यक्रममा युवा समिती, युएनएफपिए अछामको सहजिकरण, मंगलसेन नगरपालिका, सेभद चिल्ड्रेन, वाक नेपालको आर्थिक सहयोग र युवा संञ्जाल अछामको आयोजनामा भएको कार्यक्रमको सहजिकरण युवा संञ्जाल अछामका उपाध्यक्ष रमेश रावत र सचिव कमल रावलले गर्नु भएको थियो । बहस कार्यक्रमको अछामका सबै सामुदायिक रेडियोबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ