Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

उदाहरणीय तम्घास अस्पतालः स्वास्थ्यकर्मीहरुले नै चन्दा उठाएर बालक बचाए

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | साउन–२८, गुल्मी ।  साउन ८ गतेका दिन ४ वर्षिय छोरा घरको तलाबाट खसेर अगेनामा पकाई राखेको  दालमा डुवेर जले  । त्यति वेला उनका बाबु आमाको साथमा एक सुका पैसा थिएन । छिमेकीसंग हार गुहार गरेर बाटो खर्च बनाई जिल्ला अस्पताल तम्घास आए र त्यहाँका  स्वास्थ्यकर्मीहरुको शरण परे । बालकको अवस्था गम्भीर थियो । त्यस अस्पतालमा आईसियु कक्ष नभएकोले आईसियुमा राख्नु पर्ने भएकोले पाल्पा रिफर गरियो ।

विवस ति बाबु आमाले भने हामीसंग त्यहाँ पुग्ने बाटो खर्च समेत छैन कसरी जाउँ ?  उनिहरु थिए ईस्मा गाउँपालिका वडा नम्वर–३ ईस्मारजस्थल ठुलाचौरका भक्तबहादुर कुमाल , उनकी श्रीमति राधिका र जलेर अचेत बनेका उनका ४ वर्षिय छोरा उमेश । उनिहरु श्रीमान श्रीमति दुवै अपाङ्ग छन ।

जिल्ला अस्पताल तम्घासका सुचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझी उनिहरुको विपद यसरी सुनाउँछन –‘उनिहरुको साथमा एक रुपैयाँ पनि  पैसा  रहेन छ । उहाँहरु पाल्पा जान नसक्ने भए  पछि हामीले आईसियु कक्षको विकल्प यहि अस्पतालमा खोज्यौं ।

बालकको पछाडी पट्टिको शरिर जलेर बेहाल थियो । बालकलाई आईसियु कक्षको सट्टा एउटा कोठामा राखेर ‘सेकेन्ड डिग्री वन’ भन्ने हुन्छ त्यसमा त्यस्तै २०  दिनसम्म राख्यौं ।  बालक बचाउन सकिन्छ की भनेर हाम्रो अस्पतालको पुरै टिम लाग्यो ।

धेरै जसो औषधी त अस्पताल मै निशुल्क थियो । केहि औषधी बाहिरबाट किन्नु पर्ने भएपछि डाक्टर सुवोध ज्ञवालीको नेतृत्वमा हामी  सवै  स्टाफहरुले दुई दुई सयका दरले चन्दा उठाएर औषधी किनेर खुवाउँदै आएका  छौं । हामीले विरामी एक जनालाई मात्र खान खुवाउने गर्दथ्यौं ।

तर उहाँहरु बाबु हामासंग पैसा नै नभए पछि उहाँहरुलाई खान पनि हामीले अस्पताल भित्रैबाट खुवाएका छौं । अहिले बालक खतरा मुक्त भई सकेका  छन । अझै बिस पच्चीस दिन राख्नु पर्छ । हामी उनलाई थप चन्दा उठाएर भए पनि पुर्ण निको पारेर पठाउने छौं । ’

केहि दिन अघि पनि रेसुङ्गामा एक बेबरिसे बृद्ध लडेर हात भाँचेकी थिईन । उनि संग पनि  पैसा थिएन  डाक्टर रायमाझीले भने उनलाई पनि हामी स्टाफहरुले नै चन्दा उठाएर उपचार गरी पठाएका छौं ।

अस्पतालले छोरा बचाई दिए पछि आँशु झादै  ति वालककी आमा राधिकाले अस्पताल परिवार प्रति कृतज्ञता प्रकट गरिन । श्रीमान कान सुन्दैनन । वोली पनि राम्रो फुट्दैन । उनकी श्रीमतिले रुँदै भनिन–‘ घरमा विहान खाए बेलुकी के खाउँ छ । छोरा आँटीबाट खसेर तल पकाउँदै गरेको दालमा डुबेछ ।

हामी अकला विकला परिम, ( पर्यौ ) एक सुको पैसा साथमा थिएन । छिमेकमा हारगुहार तम्घास छोरा लिएर आएका हौं । हाम्रो उपाय थिएन । धन्न डाक्टर सावहरुले यसरी बचाई दिनु भएको छ । मेरो छोरा बाँचोस भन्न चाहन्छु ।

बालक कष्टकर रुपमा उपचार गराई रहेका छन । घाउ पोलेर होला  रोई रहन्छन । उनिहरुको घाउमा मलमपट्टी गर्न हरबखत स्वास्थ्यकर्मीहरुको टोली जुटिरहेका छन ।  त्यहाँका डाक्टर सहित स्वास्थ्यकर्मीहरुको टोलीलाई यस्तो कल्याणकारी र उदाहरणिय कार्य गरेको  प्रति  अस्पताल बाहिरका मानिसहरुले प्रशंसा गरिरहेका छन । उनिहरुलाई अन्य स्थानबाट पनि सहयोग हुन सके  यहाँबाट निस्के पछि काम नगरी खान नपाउने त्यस परिवारले बालकको केहि महिना स्याहर सुसार गर्न पाउने थिए भन्छन डाक्टर रायमाझी ।