2026-09-14 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ‘एक घर एक धारा’ अभियान

साउन ३१, बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिएको छ । स्थानीय पानीको स्रोतको खोजी गरी गाउँपालिकाका चार हजार ५०० घरधुरीमा खानेपानी धारा पुर्याइने भएको छ । 

प्रत्येक घरमा धारा पुर्याउने उद्देश्यले खानेपानीको पहँुचबाहिरका नागरिकलाई सौर्य पम्पिङ प्रणालीबाट खानेपानीको व्यवस्था गर्न लागेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । विभिन्न चार वटा सोलार पम्पिङ प्रणालीबाट खानेपानी आयोजना सम्पन्न भइसकेको छ । वडा नं ३ श्रीकोटमा होपरी खानेपानी आयोजना थामु, वडा नं २ मा डाडाइजर खानेपानी आयोजना, वडा नं ५ न्वालीमा भल्वा खानेपानी आयोजना र वडा नं ६ मा लेक खानेपानी आयोजना सम्पन्न भएको उहाँले बताउनुभयो । 

सौर्य पम्पिङ प्रणालीबाट खानेपानीका लागि गत वर्ष नै एक करोडभन्दा बढी रकम विनियोजन भएको थियो । गाउँपालिकाले गत वर्ष चार वटा सोलार पम्पिङ प्रविधिबाट ३२ वटा खानेपानी आयोजना निर्माण गरेको जनाएको छ । सोलार पम्पिङ प्रणालीबाट खानेपानीको व्यवस्था भएसँगै त्यस क्षेत्रका नागरिकलाई सजिलो भएको छ । अगामी ४ वर्षमा दोगडाकेदारवासीको प्रत्येका घरमा पानीको धारा पुर्याउने उद्देश्यले एक घर एक धारा अभियान चलाइएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ