Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दर्नाल अवार्ड बैतडीकी सामाजिक अभियानकर्मी सरस्वतीलाई

By kit 2 मिनेट पढाइ

<p><b>साउन ३१, काठमाडौँ | </b>यस वर्षको सामाजिक न्यायका लागि दर्नाल अवार्ड बैतडीकी सामाजिक अभियानकर्मी सरस्वती नेपालीलाई प्रदान गरिएको छ ।&nbsp;</p><p><img src="http://sajhasabal.com/uploads/posts/82851ca2a49369359548132e5ecfaf841534409628.png" style="width: 361px;"><br></p><p>जागरण मिडिया सेन्टर र समता फाउण्डेशनद्वारा बधुबार आयोजित एक समारोहमा दर्नालकी आमा सरिता नेपालीले पाँच लाख राशिको सो अवार्ड प्रदान गर्नुभयो । सरस्वती नेपालीले भूमिअधिकार शिक्षा, प्रत्रकारिताको क्षेत्रमा अगुवाइ गर्नाका साथै सामाजिक न्यायमा दलितको पहुँचका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । कार्यक्रममा अभियानकर्मी डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुङ्खे, बर्दियाका दिलीप गन्धर्व र बाजुराका डा रूपचन्द्र विश्वकर्मालाई सम्मान गरिएको थियो । रासस</p>