2026-10-14 07:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

गरिबको नाममा परिचय पत्र लिने धनिको नाम सार्वजनिक गर्छुः नगर प्रमुख कुवर

कमल रावल | भदौ १, अछाम | साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले धनि भएर गरिबको नाममा परिचय पत्र लिनेको नाम संञ्चार माध्यामबाट सार्वजनिक गर्ने बताउनु भएको छ । जतिसुकै शक्तिशालि धनि भएपनी कारबाही गर्ने हिम्मत आफु र आफ्नो नगरसँग भएकाले अछाम जिल्लाका सबै संञ्चार माध्याममा नामावलि सार्वजनिक सहीत कारबाही गरेर छाड्ने बताउनु भएको छ । नगरपालिकाको आवधिक योजना निर्माणका लागि नगर बिकास योजना तर्जुमा कार्यशाला गोष्ठिको उदघाट्न गर्दै कुवरले जताततै धनिले गरिबको परिचयपत्र पाए भन्ने समाचार बाहीर आईरहेकाले आफ्नो नगरमा त्यसो हुन नदिन बास्तविक सबै छानविन गरेर छाड्ने प्रतिबद्धता जनाउनु भयो ।

आगामि ५ बर्ष भित्र नगरको लक्ष्य उद्देश्य प्राप्तीका लागि सुरु भएको ३ दिने कार्यशालाको गोष्ठिको अध्यक्षता सहीत उदघाट्न गर्दै कुवरले नगरपालिकाको शिक्षा, स्वास्थ्य, बिकासका पुर्वाधारलाई कसरी अगाडी बढउन सकिन्छ भन्ने बिषयमा ब्यापक छलफल सहीत ५ बर्षे आवधिक योजना निर्माण गरिने नगर प्रमुख कुल बहादुर कुवरले बताउनु भयो । नगरले तयार पारेको ५ बर्षे आवधिक योजना तयार पारि जिल्लाका सबै सरोकारवाला, बिज्ञ, राजनितिज्ञ, पुर्व सांसद, मन्त्रि, प्रदेश, केन्द्र सरकारलाई जानकारी सहीत छलफल गरिने कुवरले जानकारी दिनु भयो । गोष्ठिको उदघाट्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता शिलोज कुवरले साँफेबगर नगरपालिका नमुनाका रुपमा अगाडी बढि रहेकाले आगामि दिनमा ५ बर्षे आवधिक योजनाले झनै टेवा पुग्ने बताउनु भयो । सकारात्मक कुराहरुलाई अन्य जोड् दिदै जिल्लाका अरु स्थानिय सरकारलाई सिकाउदै अगाडी बढन सुझाव दिनु भएको थियो । नेपाली काग्रेसका महासमिती सदस्य राजन कुवरले देश भरमा सबै हिसाबले साफे नगर अग्र स्थानमा रहेकाले अझै नगरको नाम बचाईराख्न सबैले साथ दिनु पर्ने बताउनु भयो । 

सबै क्षेत्रबाट सम्पन्न नगर भएकाले अब नयाँ सोच र भिजनका साथ अगाडी उपलब्धी हासिल गर्ने सकिने भनाई राखेका थिए । कार्यक्रममा सामुदायिक बिकास कार्यक्रम, विश्व खाद्य कार्यक्रमका टिम लिडर प्रेम दवाडिले समग्र आवधिक योजना कस्तो हुनुपर्छ कसरी तयार पारिदैछ भन्ने बिषयमा जानकारी गराएका थिए । ३ दिन सम्म चल्ने गोष्ठिमा राजिनितक दलका प्रतिनिधी, कार्यपालिका सदस्य, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनीधीको सहभागिता रहेको छ । सामुदायिक बिकास कार्यक्रम, विश्व खाद्यको प्राबिधिक सहयोग र साफेबगर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा स्वागत मन्तव्य नगरउपप्रमुख विरमला बुड्थापाले राख्नु भएको हो भने संञ्चालन बालाराम भाटले गर्नु भएको हो । गोष्ठिको सहजिकरण सामुदायिक बिकास कार्यक्रम, विश्व खाद्य कार्यक्रमका टिम लिडर प्रेम दवाडि, सामाजिक बिकास प्रमुख विजयराज पन्त, आर्थिक बिकास प्रमुख दिपेन्द्र श्याम घिमिरे, वातावरण तथा विपद प्रमुख बसन्तराज भट्राई र सुशासन तथा संस्थागत बिकास प्रमुख गोबिन्द अधिकारीले गरिरहनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश