२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानीय तहले आर्थिक ऐन मिचेको आरोप

२०७५, ३ भाद्र आईतवार १५:४५

भदौ ३, कालिकोट । स्थानीय तहले आर्थिक ऐन मिचेर सार्वजनिक खरिद तथा बिकासी योजनाहरुको कामहरु गर्ने गरेको एक कार्यक्रमका सहभागीहरुले आरोप लगाएका छन् । महालेखा परिक्षकको कार्यालयले आइतबार मान्ममा गरेको छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । जिल्लाका अधिकांश स्थानीय तहले विभिन्न खरिद कार्य गर्दा सार्वजानिक खरिद ऐन मिचेर खरिद गर्ने, कोठे उपभोक्ता समिति गठनदेखी विकासी कामहरुको कार्यसम्पन्न गर्दासम्म कानुनी प्रक्रिया मिच्ने गरेको उनीहरुको भनाई छ ।

जिल्लाका नौ वटै स्थानीय तह र अन्य कार्यालहरुको लोखा परिक्षणका लागि महालेखा परीक्षकको कार्यालयबाट एक टोली कालीकोट पुगेको छ । महालेखाका निर्देशक प्रेमकुमार मुंङमेनले आफुहरुले जिल्लाका सबै तहका साथै अन्य सरकारी कार्यालय गरी ३८ वटा सार्वजनिक निकायको आर्थिक क्रियाकलापको लेखा परिक्षण गरी प्रारम्भिक प्रतिवेदन पेश गर्ने बताए । स्थानीय तहले आर्थिक क्रियाकलापहरु गर्दा कानुनी प्रक्रिया पुरा भए नभएको हेर्ने र सरकारी कार्यालयको व्यवस्थापन, सेवा प्रवाह, सार्वजनिक खरिद प्रक्रिया र आर्थिक काम कार्वाहीका आधारमा प्रारम्भिक प्रतिवेदन बनाउने उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जिल्लाको समग्र विकासका लागि पारदर्शिता अपरिहार्य भएको भन्दै सबै स्थानीय तहले पारदर्शी रुपमा काम गरी जिल्लाको पहिचान बदल्नु पर्नेमा जोड दिए । उनले विगतमा मलेपले औल्याएका कमी कमजोरीहरुलाई स्थानीय तहले सुधार गर्दै लैजान सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी