<p><b>भदौ ५, धनुषा |</b> प्रदेश नं २ को मुख्य विपक्षी दल नेपाली काँग्रेसले प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने काम विश्वको कुनै मुलुकमा नदेखिएको जनाएको छ । <br></p><p>नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सप्तरीको मलेठ घटना र राजर्षि जनक विश्वविद्यालय सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सही नभएको ठहर गरेको छ । </p><p>प्रदेश नं २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले उहाँ अंगरक्षकसहित सदनमा प्रवेश गर्नु संसदीय मर्यादा विपरीत भएको जिकिर गर्नुभयो । काँग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवले प्रदेशसभामा सम्बोधन गरेर प्रधानमन्त्रीले नियन्त्रण गर्न खोजेको आरोप लगाउनुभयो । रासस</p>
August 21, 2018
धनुषा - DNS, समाज
प्रदेशसभामा प्रमले सम्बोधन गर्ने चलन नभएको जिकिर
By kit
2 मिनेट पढाइ










